विराटनगर वारियर्सलाई एक रनकाे रोमाञ्चक जितसँगै इपिएलको उपाधि


१५ पुष २०७४, शनिबार
npl champan

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले उपाधि जितेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले पुरै ओभर खेले पनि ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सकेपछि उपाधिमा कब्जा जमाएकाे हाे । npl champan

भैरहवाका लागि कप्तान शरद भेषवाकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले। ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन्। रन आउट हुनुअघि भेषवारकले ३९ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर प्रथम सालुन्कीले ३० रन बनाएका थिए। आरिफ शेखले २७ रनको विस्फोटक पारी खेलेका थिए।

एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवात  राम्रो थिएन् । १९ रन हुँदा पहिलो विकेट गुमाएको भैरहवाका लागि कप्तान शरद भेषवाकर र प्रथम सालुन्कीले ६८ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए। राहुल यादव र प्रदीप ऐरीले समान ६-६ रन बनाएका थिए।

आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।

अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने पाँचौँ बलमा पुनित मिश्रको विकेट गुम्यो । अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।

यसअघि  विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए । शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो ।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो । प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको विराटनगरले लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो।

 प्रतियोगिताको म्यान अफ द म्याच ३ विकेट लिनुका साथै २७ रन बनाएका विराटनगरका कप्तान पारस खड्का भए।यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएभल प्लेयर भैरहवाका रोहितकुमार पौडेल भए। भने प्रतियोगिताको म्यान अफ दि सिरिज विराटनगरका बाबर ह्यात भए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७