रजनिकान्तको राजनीतिमा ‘इन्ट्री’, नयाँ पार्टी खोलेर चुनाव लड्ने


१६ पुष २०७४, आईतवार
रजनिकान्त

एजेन्सी: सुपरस्टार रजनिकान्तले यो वर्षको अन्तिम दिन निकै ठूलो फैसला सुनाएका छन्। उनले आजदेखि राजनीतिमा इन्ट्री गरेको घोषणा गर्दै नयाँ पार्टी खोलेर चुनाव लड्ने दाबी गरेका छन्।रजनिकान्त

उनले त्यहाँकै राघवेन्द्र कल्याण कन्डपमा राजनीतिमा इन्ट्री गरेको घोषणा गर्दै भने,’म राजनीतिमा आउने तय भयो, म अब राजनीतिमा आएको छु। यही आज सबै भन्दा आवश्यक छ’ ।

उनले नयाँ पार्टी खोलेर आउँदो विधानसभाको चुनावमा सबै राज्यका सबै विधानसभा सिटमा आफ्ना उम्मेद्वार उठाउने पनि घोषणा गरेका छन्। उनले आफ्ना पार्टीमा तीन मन्त्र सच्चाइ, मेहनत र विकास रहेको पनि बताए।

पछिल्लो समय राजनीतिको दिशा एकदमै खराब रहेको बताउँदै उनले भने, सबै राज्यले हामीलाई मजाक बनाइरहेका छन्। यदी म राजनीतिमा नआउँदा यहाँका व्यक्तिमाथि धोका हुन्छ। उनले राजनीतिका नाममा नेताका जनताको पैसा लुटेको स्मरण गराउँदै अब मैले सुरु गरेको राजनीतिले यसको जड बदलिने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७