तस्विरमा सन् २०१७ मा विश्व……


१६ पुष २०७४, आईतवार
final 31122017093436

सन् २०१७ ले हामीबाट विदा लिंदैछ । सन् २०१७ विश्वभर विभिन्न चर्चित घटनाहरु भए । तत्कालीन घटनाका तस्विरहरु विगतलाई चिहाउने, राम्रा कामको अनुशरण गर्ने र नराम्रा कामहरुलाई सुधार गर्दै लैजाने एउटा सम्झनाको भण्डार पनि हो । रोयटर्सले २०१७ मा विश्वका विभिन्न स्थानमा रहेका आफ्नो फोटोग्राफरहरुले खिचेका महत्वपूर्ण घटनाका तस्बिरबाट ‘पिक्चर अफ दी इयर’ मा संकलन गरेको छ । ‘पिक्चर अफ दी इयर’ मा परेका केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं।

final 31122017093436
2017 12 29t231744z1192330363rc15fc380eb0rtrmadp3global poy 31122017093509

सामान्य डुंगामा सेप्टेम्बर ११, २०१७ का दिन बंगालको खाडी पार गरेर बंगलादेश प्रवेश गरेपछि समुद्र किनारको बालुवालाई छुँदै एक रोहिंग्या शरणार्थी महिला । तस्बिर : दानिस सिद्दिकी/रोयटर्स

2017 12 04t161532z1474816713rc171e380050rtrmadp3global poy islamic state 31122017093852

आईएसले नियन्त्रणमा लिएको इराकको मोसुल सहरमा मार्च ४, २०१७ का दिन छोरीलाई लिएर भाग्दै गरेका एक बाबु । उक्त समय इराकी विशेष सैनिकले त्यहाँ आफ्नो पकड कायम गर्न हमला गरेको थियो । तस्बिर : गोरान तोमासेभिक/रोयटर्स

2017 12 29t231737z1142811396rc173e94f600rtrmadp3global poy 31122017093922

बायाँ तस्बिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेवरी २०, २०१७ मा सपथ ग्रहण गर्दाको हो भने दायाँ तस्बिर २००९ मा राष्ट्रपति बाराक ओबामाको सपथ ग्रहणको हो । तस्बिर : लुकास ज्याकसन (बा), स्टेलिओस् भारिआस/रोयटर्स

2017 12 11t121132z675823569rc15ec0b0670rtrmadp3global poy stories 31122017093953

बेलायतको लण्डनस्थित वेष्टमिनिस्टर पुलमाथी मार्च २२, २०१७ मा भएको आतंकवादी आक्रमणमा परी घाइते भएको व्यक्तिलाई साहयता प्रदान गर्दै एक महिला । तस्बिर : टोबी मेलभील/रोयटर्स

2017 12 06t140053z2054724454rc17145012d0rtrmadp3global poy trump 31122017094034

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रोयटर्सलाई आफ्नो ओभल अफिसमा अन्तरवार्ता दिँदै । यो तस्बिर उनको कार्यकालकव् ९९ औं दिनमा लिइएको थियो । तस्बिर : कार्लोस बर्रिया/रोयटर्स

2017 12 11t121053z1805762134rc183cbb6a30rtrmadp3global poy stories 31122017094106

अमेरिकाको टेक्सास राज्यस्थित हुस्टनको बियोमन्टमा २८ अगष्ट, २०१७ मा हर्भे नामक समुद्री आँधी आउँदा स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिँदै । तस्बिर : जोनाथन बाचम्यान/रोयटर्स

2017 12 29t231659z747523088rc16424946a0rtrmadp3global poy 31122017094144

दक्षिण अमेरिकाको कोलम्बियास्थित मोकोआमा अप्रिल ४, २०१७ मा परेको भिषण पानी पछि आएको पहिरोमा परी उद्धारकर्ताको मृत्यु भएपछि उनको शवयात्रामा सहभागी हुँदै उद्धारकर्ताहरु । तस्बिर : जेमी सालडार्रिआगा/रोयटर्स

2017 12 29t231740z2010470740rc114c987100rtrmadp3global poy 31122017094218

क्यानडाको फेरिल्याण्ड नजिकै भएर बग्दै गरेको ठूलो आइसबर्ग । तस्बिर : जोडी मार्टिन/रोयटर्स

2017 12 29t231716z1693288998rc16dec49080rtrmadp3global poy 31122017094245

अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स जेनेवरी २१, २०१७ मा भएको अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा सर्भिस गर्दै । तस्बिर : ज्यासन रिड/रोयटर्स

2017 12 29t231809z1554598826rc18f0c39210rtrmadp3global poy 31122017094313

उत्तरी ब्राजिलको क्लाकोने नदीको मुखमा रहेको स्थानबाट उड्दै गरेका स्कार्लेट इबिस, अप्रिल ६, २०१७ । तस्बिर : रिकार्डो मोरेस/रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७