राजनीतिमा आउँदै रजनीकान्त


१६ पुष २०७४, आईतवार
rajani kanta hiro

दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्त राजनीतिमा आउने तयारीमा छन् । उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मे महिनमा हुने विधानसभा चुनाव लड्ने घोषणा गरेका छन्् । तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए ।rajani kanta hiro

चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् । उनले भने–‘यो संकटको घडीमा राजनीतिमा आइन् भने मेरा लागि लाजमर्दो विषय हुनेछ ।’ प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो ।

६७ वर्षीय रजनीकान्तले भनेका छन्–‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’ जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७