कांग्रेस धादिङले केन्द्र र प्रदेशका लागि उम्मेदवार सिफारिस


१७ आश्विन २०७४, मंगलवार
nepali congress flag

मलेखु(धादिङ) : नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

nepali congress flag

सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले २ क्षेत्र भएको केन्द्रीय सभाका लागि समानुपातिक र ४ क्षेत्र भएको प्रदेशका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि क्षेत्रीय समितिले सिफारिस गरेका सबैको नाम केन्द्रमा जिल्ला समितिले सिफारिस गरेको हो ।

केन्द्रीय संसद्का लागि क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया, क्षेत्र नं २ का लागि रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश संसद्का लागि पनि उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं १ का लागि अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा, क्षेत्र नं २ का लागि खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी, क्षेत्र नं ३ का लागि कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला, क्षेत्र नं ४ का लागि फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटीलाई सिफारिस गरेको नेपाली काँग्रेसका खिल गिरीले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७