सेक्सको अनुभव छैन : सुस्मिता

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्दै गरेकी मोडल हुन् सुस्मिता गुरुङ । आफूलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त छन् । मोडलिङ संसार, रङ्गिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् । नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै, चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन् । पेसाले एक कुशल ब्युटिसियन रहेकी पूर्बको सुन्दर शहर धरानकी स्थायी बासिन्दा सुस्मिता काठमाण्डौंलाई कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन–रात लागिपरेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् । हालसम्म कसैको पनि प्रेममा नपरेको बताउने सुस्मिताले भनिन्–‘सेक्स प्रकृतिले दिएको अमूल्य उपहार हो ।’

 

 

 

उनले थपिन्–‘अहिलेसम्म सेक्सको अनुभव भने लिएको छैन ।’ आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्