सुर्य चिह्नमा एमाले, माओवादी र नयाँ शक्तिले चुनाव लड्ने घोषणा


१७ आश्विन २०७४, मंगलवार

काठमाडाैं :  नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले, माओवादी केन्द्र र नयाँशक्तिले आसन्न चुनावमा सुर्य चिह्नमा चुनाव लड्ने घोषण गरेका छन् । आज साँझ राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा  अध्यक्ष  ओलीले प्रदेश सभा र प्रतिनिधीसभाकाे निवार्चनमा सुर्य चिह्न लिएर चुनाव लड्ने् घोषण गरेका  हुन् ।

‘डाक्टर बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति सूर्य चिन्हमा नै चुनाव लड्ने बताउँदै अरु साथीहरु सूर्य चिन्हमा नै चुनाव लड्ने प्रयासमा हुनुहुन्छ।’ , उनले भने, अब जनताको सरकार बनाउन र देश बनाउन एक छौं।’

Logo of CPN UML

 

नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने सुरुवातसहित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको पूर्वसंध्यामा एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गरेको हो । यस्तै तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान पनि गरेका छन् ।

तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७