मेरो विहे यही फागुनमा पक्का : नविना लामा


२१ पुष २०७४, शुक्रबार
nabina lama 3

काठमाडौं : अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आगमी फागुनमा विहे गर्ने पक्का भएको बताएकी छिन् । विहेको लागी तयारी भइरहेको लामाको भनाई छ । नयाँ पेजसँगको अन्तरवार्तामा नविनाले भनिन्,‘आगमी फागुनमा मेरो विहे पक्का हो ।’

nabina lama 3

उनले अब विद्यार्थी आन्दोलनबाट विदा भएर पार्टीको कामसँगै परिवारलाई पनि समय दिने उनले बताइन् । ३३ पुरा भएर ३४ बर्षमा प्रवेश गरेकी नविना लामो समयदेखी प्रेममा छिन् ।

आफ्नो कार्यकाल विद्यार्थी आन्दोलन र अखिलको इतिहासमा सम्झिन योग्य कार्यकाल भएको बताइन् । लामो समयदेखी अबरुद्ध स्ववियु निर्वाचन हुनु र निर्वाचनमा अखिलले सफलता प्राप्त गर्नु उपलब्धी भएको उनको भनाई छ । आफ्नो कार्यकालमा पार्टी अभियान अखिलले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अखिलको भुमिका महत्पूर्ण भएको उनको भनाई छ ।

नविनाले आफ्नो सपना प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने रहेको पनि दोहोयाईन् । ठिक दुई बर्ष अघि नयाँ पेजको अन्तरवार्तामा नविना लामाले भनेकी थिइन्,‘मेरो सपना एमालेको पार्टी अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री बन्ने हो । नविनाको शैली, सपना र अभिरुची बारेमा गरिएको अन्तरवार्ता पूर्ण पाठ केही बेरमा प्रकाशित हुनेछ ।

याे पनि पढ्नुहाेस् 

नविना लामालाई ७२ प्रश्न

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७