‘जबजमाथि धावा बोल्नु बेमनासिब हो’

कम्यूनिष्टहरू फुट्नै हुँदैनथ्यो त्यसैले जुट्नु धेरै खुशीको कुरा हो तर एकताको नाममा गर्न नपर्ने र गर्न नहुने कुरा गर्न बेमनासिब हुन्छ, त्यस्तै बेमनासिब काम जबजमाथि अनावश्यक रूपमा धावा बोलेर भइ रहेको छ ।

जबजको महत्वपूर्ण पक्ष छन, एक क्रान्ति पूर्वको सन्दर्भमा वा कान्तिको बाटोको सन्दर्भमा । दुई क्रान्तिपछिको सन्दर्भमा वा क्रान्तिपछि कस्तो शासन व्यवस्था, प्रणाली रहने भन्ने सन्दर्भमा र क्रान्तिको सन्दर्भमा जबजले मान्यता हो, क्रान्ति शान्तिपूर्ण बाटोबाट नि संभव छ अथवा शान्तिपूर्ण बाटोको संभावना रहेसम्म त्यसै बाटोबाट हिड्नुपर्छ, अरूको नक्कल गरेर वा रहर गरेर जनयुध्दको, हिंसाको बाटोमा लाग्नु अनुचित हुनेछ ।

क्रान्तिपछिको ब्यवस्था, शासन प्रणाली बहुदलीय रहने भन्ने जबजको मान्यता हो रखसोखास भन्ने हो भने जबज भन्ने नामले, शब्दावलीले क्रान्तिपछिकै शासन व्यवस्थालाई इङ्गित गर्छ । हो क्रान्ति सम्पन्न भई सकेको सन्दर्भमा क्रान्तिको बाटो सन्बन्धमा जबजले राखेको मान्यताको सान्दर्भिकता समाप्त भयो भन्न सकिन्छ । तर, क्रान्ति पछिको सन्दर्भमा वा क्रान्तिपछिको शासन व्यवस्था, प्रणालीको सन्दर्भमा जबजको मान्यता यति छिटै, क्रान्ति लगत्तै, क्रान्तिलाई कानूनी रूपमा समेत व्यबस्थित गरी नसक्दै कसरी असान्दर्भिक हुन सक्छ ।

यदि हुन्छ भने के कम्यूनिष्टहरूले सकेको दिन एक दलीयता लाद्ने हो ? श्रमजीबि जनताको अधिनायकत्वको नाममा कम्यूनिष्ट पार्टीको अधिनायकत्व लाद्ने होरु विचार र कामको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर शासन गर्ने बाटो छाडेर बलपूर्बक अरू विचार, पार्टी, शक्तिलाई दबाएर शासन गर्ने बाटोमा जाने हो ? यसो गर्ने होईन भने अथवा अहिले हामीले एक दलीयता लाद्न नसक्ने भएको कारणले मात्र बहुदलीयता मानेको होइन, वर्गहरू रहेसम्म फरक फरक विचार र पार्टीहरू रहनेछन् फरक विचार र पार्टीहरूलाई बलपूर्बक दमन गरेर जनताको नाममा शासन गर्ने होइन । विचार र काममा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्र शासन गर्नुपर्छ, सत्तामा बस्नुपर्छ भन्ने मान्यता राख्ने हो भने जबजको सान्दर्भिकता सकिएको छैन, च्याप्टर क्लोज भएको छैन ।

जबजका थप १४ बिशेषताहरू, आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको प्रतिपक्ष, कानूनको शासन, संविधानको सर्वोच्चोता, शक्ति पृथकीकरणको सिध्दान्त, नेतृत्व र अधिनायकत्व आदिको पनि सान्दर्भिकता सकिने कुरै भ्एन, यी बिशेषताहरू सामान्य लागे पनि विगतमा कतिपय कम्युनिष्ट मुलुकहरूमा तिनीहरूको कार्वान्वयनमा कम्जोरी रहन गयो, त्यसैले जवजले बिशेष र बेग्ललै ब्याख्या सहित तिनीहरूलाई प्रतिबद्धताको रूपमा महत्वका साथ समावेश गरेकोले बिशेष मान्न सकिन्छ । निष्कर्षमा जबजले क्रान्ति अघिको बाटो मात्र होइन क्रान्ति पछिको बाटो पनि देखाएकोले जबजमाथि धावा बोल्नुको साटो त्यसले देखाएको बाटोमा हिँडे नेपालका कम्यूनिष्ट पार्टीहरू नअलमली गन्तव्यमा पुग्न सक्छन् । हो समय र परिस्थिति अनुसार जबजलाई पूर्णता दिँदै जान सकिनेछ, पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्