फिप्ना अधिवेशनको मिति तोकियो


Author
२४ पुष २०७४, सोमबार
fipna logo

ढोक्प्या किदुकलाई सदस्यता
नयाँपेज संवाददाता
न्यू योर्क । ढोक्या किदुकलाई सदस्यता दिने सर्वपक्षीय सहमतिसँगै आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अधिवेशन मिति तोकिएको छ । आइतबार बसेको सबै जातीय तथा क्षेत्रीय संस्थाका प्रतिनीधि अधिवेशन यहि जनवरी २८ भित्र हुने तय गरेका छन् ।

यसघि डिसेम्बर १७ मा तय भएको फिप्ना अधिवेशन ढोक्प्या किदुकको सदस्यता विवादकै कारण भाँडिएको थियो । त्यतिबेला पठाइएको प्रतिनीधि र पर्यवेक्षक बैठकले खारेज गरेको छ । बैठकको निर्णय अनुसार फिप्नाका सदस्यले प्रतिनीधि र पर्यवेक्षकको नामावली पुनः पठाउनु पर्नेछ । त्यसका लागि जनवरी १४ सम्मको म्याद दिइएको छ । त्यस्तै उमेद्वारी दर्ता गर्ने मिति भने जनवरी २१ तोकिएको छ ।

fipna logo
त्यस्तै, यसअघि निर्विरोध निर्वाचन भएका पद पनि बैठकले खारेज गरेको छ । निर्णय अनुसार निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष लगायतका पद निर्वाचनका लागि पुनः खुला गरिने छ । यसअघि उपाध्यक्ष पदमा राजकुमार बिस्ट निविरोध निर्वाचित भएका थिए ।

गत डिसेम्बर १७ मा अधिवेशन भाँडिएपछि मत दिन गएका फिप्नाका प्रतिनीधिहरु दुई समुहमा विभाजित बनेका थिए ।

गत डिसेम्बर १७ मा अधिवेशन भाँडिएपछि मत दिन गएका फिप्नाका प्रतिनीधिहरु दुई समुहमा विभाजित बनेका थिए । एक समुहले लुइसाङ तामाङ नेतृत्वको कार्यसमिति त्यतिबेलै भङ्ग भइसकेको भन्दै अधिवेशनस्थलमै फिप्ना संघीय परिषदका सभामुख विनोद पोमोलाई अधिवेशन गराउने र फिप्ना सञ्चालन गर्ने निर्णय गरेका थिए । लुइसाङ तामाङ पक्षधरहरुले भने कार्यसमिति विधानमा भएको ब्यबस्था अनुसार गत डिसेम्बर ३० कार्यसमिति भङ्ग नहुने बताउँदै आएको थियो । तामाङ नेतृत्वको कार्यसमितिले अधिवेशन गराउने भन्दै गत डिसेम्बर २७ मा आफ्नो कार्यकाल ३ महिना लम्ब्याउने निर्णय गरेको थियो ।

विवाद नटुङ्गिएपछि तामाङले आइतबार सबै सदस्य संस्थाका प्रतिनीधिलाई बैठकका लागि बोलाएका थिए । उता पोमोले पनि सभामुखको हैसियतमा सबै सदस्य संस्थाका प्रतिनीधिसँग छुट्टै बैठकका लागि आमन्त्रण गरेका थिए । आमन्त्रित सबै फिप्ना सचिवालयमा भेला भएपछि बैठक संयुक्त रुपमा बसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७