तलबमा विभेद भएको भन्दै बीबीसी सम्पादक ग्रेसीको राजीनामा


२४ पुष २०७४, सोमबार
bbc

काठमाण्डौं : तलमा आफूमाथि विभेद भएको भन्दै बीबीसी चिनियाँ सेवाकी सम्पादक क्यारी ग्रेसीले सेवाबाट राजीनामा दिएकी छन् । तीन वर्ष बीबीसीमा काम गरेकी उनले एक खुला पत्रमा बीबीसी कर्पोरेशनमा ‘गोप्य र गैरकानुनी तलब संरचना’ रहेको आरोप लगाएकी छन् ।bbc

उनले बीबीसीमा पुरुष कर्मचारीको तुलनामा महिलालाई कम तलब दिइने गरेको बताएकी छन् । डेढ लाख बेलायती पाउण्डभन्दा धेरै तलब पाउने कर्मचारीमा दुई तिहाई पुरुष भएको जानकारी पाएपछि बीबीसीमाथिको विश्वासमा संकट आएको उनले बताइन् । बीबीसीले भने संस्थानमा महिला कर्मचारीहरुमाथि कुनै भेदभाव नभएको दावी गरेको छ ।

ग्रेसीका अनुसार उनले बीबीसी चीन सेवाको सम्पादकबाट राजीनामा दिएकी छन् तर, संस्थानमा रहिरहने छिन् । टीभी न्यूज रुममा आफ्नो पूर्व भूमिकामा फर्किने तयारीमा रहेकी उनले पुरुष सरह तलब पाउने आश गरेकी छिन् । गएको जुलाइमा बीबीसीले वार्षिक डेढ लाख पाउण्डभन्दा बढी तलब खाने कर्मचारीहरुको तलब सार्वजनिक गर्नु परेको थियो । बीबीसीमा दुई पुरुषले अन्तर्राष्ट्रिय सम्पादक महिलाले भन्दा कम्तिमा ५० प्रतिशत बढी तलब पाउने थाहा पाउँदा आफू निकै हतास भएको ग्रेसीको गुनासो छ ।

बीबीसी अमेरिकाका सम्पादक जोन सेपेलले दुईदेखि साढे दुई लाख पाउण्डबीचमा तलब लिन्थे भने मध्यपूर्वका सम्पादक जेरेमीको तलब डेढदेखि २ लाख पाउण्ड बीचमा थियो । तर, यो सूचीमा ग्रेसीको नाम थिएन, यसको अर्थ उनको तलब वार्षिक डेढ लाख पाउण्ड छैन । ग्रेसीले आफ्नो खुलापत्रमा तलब बृद्धि नभई बराबरी चाहिएको स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७