दुबईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु, आत्महत्या गर्ने बढे


२५ पुष २०७४, मंगलवार
Burj Khalifa shutterstock 4 Copy 1

काठमाण्डौं : अधिकांश नेपालीको रोजाइमा पर्ने दुबई (यूएई) मा एक वर्षको वधिमा ८४ नेपालीको ज्यान गएको छ । मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ । मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरु २६ प्रतिशत छन् ।Burj Khalifa shutterstock 4 Copy 1

नेपाली दूतावास आबुधावीको ४ वर्षको तथ्याङ्ग अनुसार सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । खाडी मुलुकहरुमध्ये नेपाली कामदारहरुका लागि युएई उपयुक्त मानिंदै आएको छ । यूएईमा नेपाली कामदारहरुको सरकारी तथ्याङ्क नभएता पनि करीब २ लाख ५० हजारको हाराहारीमा रहेको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७