एक थोपा विर्य बन्न चाहिन्छ ४० थोपा रगतमासी


२५ पुष २०७४, मंगलवार
screenshot 20171014 223908609500639

कतिपय मानिसहरुमा के विश्वास छ भने वीर्य बन्दा रगत चाहिने भएकाले वीर्य नष्ट भयो भने एक प्रकारले रगत नष्ट हुन्छ । आयुर्वदिक डाक्टरहरुले कहिलेकाहीँ यस धारणालाई पक्षपोषण गर्दा कतिपय मानिसमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर वैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । वीर्य बन्ने क्रममा रगत आफैँ सिधै वीर्य बन्ने होइन । जसरी थुकमा हुने पानी र अन्य तत्व रगतबाट आउँछ, त्यसैगरी वीर्यका लागि चाहिने कच्चा पदार्थ रगतबाट प्राप्त हुने हो । यसर्थ वीर्य बन्ने क्रममा रगत नष्ट हुँदैन ।

screenshot 20171014 223908609500639

वीर्य मात्र होइन शरीरका कुनै पनि कोसिका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । रगतबाट नै पोषक पदार्थ शरीरका विभिन्न भागमा पुग्छन् र नयाँ कोसिका विकसित हुन्छ । यसबाहेक सबै हार्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाई चाहिने कच्चा पदार्थ पनि रगतबाट नै प्राप्त हुन्छ । शरीरबाट बाहिर निस्कने पिसाब र पसिना पनि रगतबाट छानिएर नै निस्कने हो । शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्ने साधनका रुपमा हुने भएकाले सबै कुरामा रगत महत्वपूर्ण भएको हो ।

केही मानिसहरु के कुरामा विश्वास गर्छन् भने वीर्य एउटा अमूल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । एक थोपा वीर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफूमा आउने शारीरिक–मानसिक कमजोरीलाई स्वप्नदोष या हस्तमैथुनसँग जोडेर हेर्छन् ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार वीर्य शरीरबाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । वीर्य शरीरमा जम्मा गरेर पछि प्रयोग गर्ने उद्देश्यका लागि बन्ने होइन । वीर्यमा हुने शुक्रकिटको आयु २–३ महिना हुन्छ र यदि शरीरबाट निस्केनन् भने तिनीहरु शरीरभित्रै नष्ट हुन्छन् । वीर्यको मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंगभित्र शुक्रकिटलाई सुरक्षित रुपमा पर्याउने हो । यदि यसको काम आएन भने सपनामा या अरु कुनै बेला आफैँ लिङ्गबाट बाहिर आउनसक्छ । यस अर्थमा न त हस्तमैथुनले कमजोरी ल्याउँछ, न त स्वप्नदोष नै शरीरका लागि हानिकारक हो । वीर्य शरीरबाट ज्यादा निस्कँदा तागत कम हुने भएको भए सायद कोही पनि विवाहित मान्छे कामकाज गर्न सक्दैनथे होला । किनभने सबैभन्दा धेरै वीर्य सेक्स गर्दा नै बाहिर निस्कने हो ।

मानिसहरुमा के भ्रम छ भने किशोरावस्था वा युवा अवस्थामा गरिएका हस्तमैथुन सम्बन्धित क्रियाकलापले मानिसको स्वास्थ्यमा साँच्चै गम्भीर असर पर्छ । यथार्थ त के हो भने शरीरबाट वीर्य बाहिर जाँदा त्यसको कुनै दुष्प्रभाव हुँदैन । यसर्थ हस्तमैथुनबाट डराउनु पर्ने कारण पनि छैन ।
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो ।

विवाह हुनुअघिका यौन आकांक्षा सरल रुपमा पूरा गर्ने मध्यम हो । यसर्थ हस्तमैथुन गरेकामा आफूलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोषी महसुस गर्नुमा कुनै तुक छैन । वीर्यलाई शरीरमा जम्मा गरेर राख्ने अनि पछि धेरै बनाएर प्रयोग गर्ने चिज होइन । यो आवश्यकताअनुसार नियमित रुपमा बनिरहन्छ । लगातार हस्तमैथुन गर्दा वीर्यको मात्रामा केही कमी आउनसक्छ । वीर्य केही पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रक्रियामा नोक्सान पुर्याउँदैन । केही दिन हस्तमैथुन नहुँदा वीर्यको मात्रा र गुण फेरि पहिलाकै अवस्थामा फर्कन्छ ।

हस्तमैथुन बिहे हुनुभन्दा अगाडि वा स्थायी यौन साथी नभएको अवस्थामा यौन आनन्द लिने एक मात्र उपाय हो यो । यसमा न त गर्भ रहने डर हुन्छ, न त यौन रोग सर्ने डर रहन्छ न त अर्को पक्षबाट जबर्जस्तीको आरोप नै सुन्नु पर्छ  । यस अर्थमा बिना कुनै खतरा यौन इच्छा र तनाव कम गर्ने सजिलो तरिका भएकाले हस्तमैथुन राम्रो कुरा मान्न सकिन्छ ।

महत्वपूर्ण कुरा त ,

हस्तमैथुन आफैँमा नराम्रो नभए पनि कतिपय अवस्थामा यो हानिकारक हुनसक्छ । जस्तै सेक्स गर्नमा भन्दा हस्तमैथुनमा धेरै आनन्द महसुस गर्ने अवस्थामा पत्नीसँगको सम्बध बिग्रने हुन सक्छ ।

साथै हस्तमैथुन यति गर्नुपर्ने कि जसको कारण आफ्नो दैनिक काममा असर पर्ने भएमा पनि राम्रो होइन । कतिपयमा यौन आनन्दका लागि नभई मनमा बारबार आउने नराम्रा विचारलाई कम गर्न अर्थात् टेन्सन कम गर्न हस्तमैथुन गर्नै पर्ने मानसिक समस्या पनि हुनसक्छ ।

जसलाई कम्पल्सिभ मास्टर्बेसन भनिन्छ तर यी समस्याहरु निकै कम मानिसलाई मात्र हुन्छन् ।यो हरेक मान्छेको आफ्नो इच्छामा भर पर्छ तर हस्तमैथुनपछि आत्मविश्वास गुमाउने, आफूलाई नराम्रो ठान्ने, डराउनेजस्ता कुरा चाहिँ हुनुहुँदैन । आफ्नो यौन इच्छा पूरा गर्न गरिए यो एउटा स्वस्थ र सामान्य शारीरिक प्रक्रिया हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७