सेटिङ्गको श्रम स्वीकृति रोक्न टोकन प्रणाली


२६ पुष २०७४, बुधबार
bi

काठमाण्डौं : रोजगारीका लागि विदेश जानेको भीडका कारण कार्यालयको कार्य सम्पादनमा ढिलासुस्ती बढेपछि वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ ।bi

छिटो अनलाइन फारम भर्नेको छिटो काम हुने व्यवस्था मिलाउनका लागि गरी टोकन नम्बर व्यवस्था गरिएको कार्यालयले जनाएको छ । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउने छन् । टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रम कायाृलय पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन् ।

यो प्रणाली लागू भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीड घट्ने विश्वास गरिएको छ । त्यसैगरी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ । अहिले श्रमग्राममा दैनिक रुपमा सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत श्रम स्वीकृति पाउन काठमाण्डौंमा मात्रै सेवा केन्द्रित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७