सेक्स पर्यटनको शिकार बन्दै कलिला किशोरी


२६ पुष २०७४, बुधबार
kalila

सेक्स पर्यटनको शिकारमा धेरै कलिला बालबालिकाहरु पर्ने गरेको एक अध्ययनले देखाएको छ । थाइल्याण्डको राजधानी बैंककबाट जम्मा २ घण्टाको दूरीमा रहेको पटायाको रिसोर्ट इलाकामा उल्लेख्य मात्रामा पर्यटकहरु पुग्ने गर्दछन् । यस क्षेत्रमा पर्यटकको भीडभाड हुने भएकाले पनि प्रहरी पनि प्रशस्तै परिचालन गरिएको छ । त्यस भेगका सडकमा स–साना बच्चाहरुले पनि उमेर भन्दा धेरैको शारीरिक परिश्रम गरिरहेका तथा कोही भिख मागिरहेका दृष्य धेरै देख्न सकिन्छ । यसरी भेटिने बालबालिकाहरु प्रायजसो गाउँतिरबाट आएका र गरीब हुने गर्दछन् । work

उनीहरुले आफ्नो पेट पाल्नका लागि भिख माग्नेदेखि शरीरसम्म बेच्ने गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । त्यसो त थाइल्याण्ड विश्वभर सेक्स पर्यटकीय देशका रुपमा परिचित देश हो । जहाँ विभिन्न देशका पर्यटकहरु भारी मात्रामा पुग्ने गर्दछन् । एशिया, यूरोप, अमेरिका, मध्य–पूर्वदेखि लिएर अन्य कयौ देशका नागरिक आफ्नो छुट्टि मनाउनुका साथै यौन मनोरञ्जन लिनकै लागि थाइल्याण्ड पुग्ने गर्दछन । थाइल्याण्डको अर्को परिचय पनि सँगै जोडिएको छ, त्यो हो पर्यटकीय सेक्स अनि बालबालिका । थाइल्याण्डका धेरै गरीब बालबालिकाहरु नचाहेर पनि यौन शिकार भइरहेका छन् ।

थाइल्याडमा पुग्ने साढे २ लाख भन्दा धेरै मानिसहरु तिनै कलिला बच्चासँग शारीरिक सम्बन्ध बनाउने उद्देश्यका साथ जाने गरेको उक्त संस्थाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । तीव्ररुपमा फैलिरहेको सेक्स दुरिजम रोक्नका लागि संसारभरकै प्रहरीहरु एक साथ भएर काम गरिरहेका भए पनि तर पनि सेक्स टुरिजममा बालबालिका प्रयोग भइरहेका घटनामा कत्ति पनि कमी आउन सकिरहेको छैन् । यस्तै बालबालिकाहरुको हकहितका लागि काम गरिरहको अन्तर्राष्ट्रिय संस्था ईसीपीएटी इण्टरनेशनलकी जुनिता उपाध्यायका अनुसार यी बालबालिकाहरु गरीब घरबाट आउने गर्दछन् र धेरै जसो अल्पसंङख्यक समुदायका रहेका छन् । त्यसमाथि पनि कोही पहाडी भेगका त कोही अन्य देशबाट विस्थापित भएर आएका समेत छन् ।

यौन उत्पीडनका कारण यस्ता बालबालिकाहरुमा एचआइभी तथा एड्स जस्ता यौनजन्य रोग समेत देखिने गरेका छन् । थाइल्याण्डका अलवा कतिपय यूरोपियन देश रुस, मेक्सिको, अफ्रिका, रोमानिया, बुल्गरिया, युक्रेन, तथा चेक गणतन्त्रलगायतका देशमा पनि सेक्स टुरिजममा र बालबालिका शिकार हुने क्रम तीव्र छ । ब्राजिललमा मात्र २ देखि ५ लाख बालबालिका सेक्स टुरिजमको शिकार भइरहेका छन् । ब्राजिलको सरकारले केही समय अगाडि आफ्ना २०० भन्दा बढी वेवसाइडबाट सेक्स टुरिजमका बारेमा राखिएका जानकारीहरु हटाउन आदेश दिएको थियो । यो भन्दा धेरै यस्तो साइटहरु अमेरिकामा सञ्चलनमा रहेको बीबीसीले उल्लेख गरेको छ । बच्चाहरुलाई सेक्स टुरिजमको शिकार हुनबाट बचाउन अहिले संसारभरबाट पहल शुरु भएका छन् । ४२ देशका करीब १ हजार कम्पनीहरुले सेक्स टुरिजममा बालबालिकाहरुलाई प्रयोग नगर्ने संकल्प पत्रमा हस्ताक्षर गरेका छन् । जसले बालबालिकालाई यौन शिकार हुनबाट धेरै हदसम्म रोक्न सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७