लिङ्ग हरायो !


२७ पुष २०७४, बिहीबार
linga

एक जना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह« पर्छ । तर, ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यै पनि मेटिंदो रहेनछ । तर, अहिले ती ग्रिक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटीय शहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लिङ्ग चोरी हुने गरेको छ ।linga

आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौनाङ्गमा भने लगातार धावा बोलिंदै आएको छ । पटक–पटक यी ग्रिक हिरोको लिङ्ग चोरी हुने गरेको छ । यो क्रम रोकिएको छैन । पटक–पटक लिङ्ग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लिङ्ग नै हटाइएको छ । कुनै खास मौकामा मात्र यो शालिकमा लिङ्ग लगाइने गरिएको छ ।
आफ्नो शत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लिङ्ग चोरी हुने जस्तो बित्यास मूर्तिमाथि पटक–पटक हुने गरेको र सोही कारण मूर्तिको लिङ्ग हटाउने निर्णय गरिएको शहरका मेयरले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७