महिला फुटबल लिगको उपाधि एपीएफलाई


२७ पुष २०७४, बिहीबार
APF champion Final

ललितपुर: राखेप च्याम्पियनसिप अन्तर्गतको १६औं राष्ट्रिय महिला फुटबलको उपाधि बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।APF champion Finalसुपरलिगमा शतप्रतिशत जित निकाल्दै एपीएफले उपाधि उचालेको हो । बिहीबार सम्पन्न सुपरलिगको अन्तिम खेलमा सातदोवाटोस्थित एन्फा मैदानमा एपीएफले नेपाल पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो । एपीएफको जितमा उसकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन् । पुलिसकी रुपा मगरले सान्त्वना गोल गरिन् ।

एपीएफले सुपरलिगका तीनै खेलमा जित हासिल गरेको थियो । सुदूरपश्चिम र त्रिभुवन आर्मीलाई पनि एपीएफले हराएको थियो । उसले सुपरलिगमा ९ अंक बनाउँदा ६ अंक जोडेको त्रिभुवन आर्मी प्रतियोगिताको उपबिजेता बन्यो ।
उपाधि बिजेता एपीएफले २ लाख र उपबिजेता त्रिभुवन आर्मीले १ लाख पुरस्कार पायो । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७