‘म सन्नी होइन अदिती’


२७ पुष २०७४, बिहीबार
Aditi budhathoki

‘कृ’मार्फत नेपाली रजतपटमा भित्रने सुरसारमा रहेकी अभिनेत्री हुन् अदिती बुढाथोकी । मुम्बईको ग्ल्यामर उद्योगमा भविष्य खोजिरहेकी अदितीले त्यहाँ साना तिना म्युजिक भिडियो र रयाम्पमा आफूलाई प्रस्तुत गर्दै आएकी थिइन् । तर, विगत एक वर्षयता ‘कृ’को सुटिङका लागि काठमाडौंमा नै ज्यादा बस्दै आएकी छिन् । तर, अदिती नेपाल मै रहेका बेला उनले फोटो सुट गरेका यस्ता फोटो बाहिरिए जसले धेरैको मुखबाट जिब्रो निस्कियो । भारतीय मिडियामा निस्किएका यी फोटामा अदितीलाई पोर्न स्टार सन्नी लियोनसँग तुलना गरिएको थियो ।

Aditi budhathoki

नभन्दै अदितीको फोटो सन्नीलाई माथ गर्ने खालकै थियो । तर, पोर्न स्टारसँग तुलना गरेको कसलाई पो राम्रो लाग्छ र रु अदितीलाई पनि लागेको थिएन । त्यसैले त उनले ‘कृ’को ट्रेलर लन्चमा सन्नीसँगको तुलना आफूलाई निको नलाग्ने बताइन् । पत्रकारसँगको अन्तक्र्रियामा उनको जवाफ थियो , ‘म आफूलाई अदिती कै नामले चिनाउन चाहान्छु । अरु कसैसँग तुलना गरेर होइन । ’ अरे म्याडम, हामी पनि तपाईंलाई अदितीकै नामले चिन्न चाहान्छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७