यी सुन्दरी जो कामुक तस्बिरकै कारण स्टार बनिन् (हेर्नुहोस् छानिएका तस्बिरहरु)
अदिती बुढाथोकी अहिलेका चर्चित मोडल हुन्, जसको पहिलो फिल्म ‘कृ’ हलमा लाग्न बाँकी छ । ‘कृ’ले कस्तो बजार पाउला ? यो भबिष्यको कुरा हो । तर, ‘कृ’का अभिनेत्री बुढाथोकी भने बजारमा चर्चित छिन् । उनी स्टार भइसकेकी छिन् । मुम्बईको ग्ल्यामर उद्योगमा भविष्य खोजिरहेकी अदितीले त्यहाँ साना तिना म्युजिक भिडियो र र्याम्पमा आफूलाई प्रस्तुत गर्दै आएकी थिइन् । तर, विगत एक वर्षयता ‘कृ’को सुटिङका लागि काठमाडौंमा नै ज्यादा बस्दै आएकी छिन् । तर, अदिती नेपाल मै रहेका बेला उनले फोटो सुट गरेका यस्ता फोटो बाहिरिए जसले धेरैको मुखबाट जिब्रो निस्कियो ।
भारतीय मिडियामा निस्किएका यी फोटामा अदितीलाई पोर्न स्टार सन्नी लियोनसँग तुलना गरिएको थियो । नभन्दै अदितीको फोटो सन्नीलाई माथ गर्ने खालकै थियो । तर, पोर्न स्टारसँग तुलना गरेको कसलाई पो राम्रो लाग्छ र रु अदितीलाई पनि लागेको थिएन । त्यसैले त उनले ‘कृ’को ट्रेलर लन्चमा सन्नीसँगको तुलना आफूलाई निको नलाग्ने बताइन् । पत्रकारसँगको अन्तक्र्रियामा उनको जवाफ थियो , ‘म आफूलाई अदिती कै नामले चिनाउन चाहान्छु । अरु कसैसँग तुलना गरेर होइन । ’ हेर्नुहोस् उनका तस्बिरहरु:-
तस्बिर स्रोत : -अदितीको फेसबुक र सामाजिक सञ्जाल