आत्तियो कांग्रेस, तत्काल अर्को गठबन्धन बनाउने निर्णय


१८ आश्विन २०७४, बुधबार

काठमाडौं, १८  असाेज :  एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले तालमेलको घोषण गरे लगत्तै नेपाली कांग्रेसले आन्तरिक बैठक र अन्य दलहरुसँगको छलफल तिव्र पारेको छ । कांग्रेसले लोकतान्त्रिक गठबन्धनका आह्वान गरेर बैठक, छलफल र वार्तालाई तिव्र बनाएको हो ।

तीन दलको घोषणा लगत्तै कांग्रेको पदाधिकारी बैठक मंगलबार बसेको थियो । कांग्रेसले बुधबार राजधानीमा उपलब्ध केन्द्रीय सदस्यसहित बसेको कार्यसम्पादन समितिको बैठक राख्याे । तीन दलको घोषणालाई अप्रत्यासित मानेका देउवाले मंगलबार बेलुका नै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

Nepali congress

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निर्णय गरेको छ । बैठकले लोकतान्त्रिक दलहरुलाई गठबन्धनका लागि आह्वानसमेत गरेको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, तीन वटै राप्रपा लगायतका लोकतन्त्रमा आस्था राख्ने दलहरुसँग गठबन्धन निर्माणका लागि संयुक्त बैठक तत्काल बोलाउने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले नै चुनाव गराउने बताउँदै बृहत लोकतान्त्रिक गठबन्धन बनाउने तयारीमा रहेको बताएका थिए । बैठकमा देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ ।

लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आजै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिने नेता बिमलेन्द्र निधिले जानकारी दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७