संविधानसभाको डकुमेन्ट्री बन्ने


२८ पुष २०७४, शुक्रबार
par sahayatree 1

काठमाडौं : संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ। पहिलो र दोस्रो संविधानसभाको करिब ३०/३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ। यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता गौतमले बताए।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ । par sahayatree 1

संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ। राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ। विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनुपर्ने सचिवालयले जनाएको छ।

संसद्ले नियमावली बनाउन समिति गठन गर्ने गर्छ। तर, समितिको काम छिटो सम्पन्न गर्न र नियमावलीलाई चाँडो अन्तिम रूप दिन सचिवालयले सहजीकरणको भूमिका मात्र निर्वाह गरिरहेको सचिवालय प्रवक्ता डा। भरतराज गौतमले बताए। ‘हामीले विगतको अभ्यासलाई हेरेर खाका तयार गरेर सहजीकरण गर्ने मात्रै हो। कस्तो नियमावली बनाउने भन्ने सम्पूर्ण जिम्मेवारी सांसदहरू सम्मिलित समितिको हो,’ उनले भने।

संविधान जारी भइसकेपछि रूपान्तरित संसद्को कार्यसञ्चालन नियमावली पारित हुन नौ महिना लागेको थियो। संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने वा पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय बनाउने भन्नेलगायतका विवाद थिए। दलीय विवादले पुरानै कार्यसञ्चालन नियमावलीबाट लामो समय संसद् चलेको थियो। नयाँ संविधानअनुसार निर्माण हुने संघीय संसद् सञ्चालनको नियमावली चाँडो बनोस् भन्ने उद्देश्यले आफूहरूले खाका तयार पारेर सहजीकरणको भूमिका निर्वाह गरेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७