नेपालमा आजबाट चिनियाँ इन्टरनेट


२८ पुष २०७४, शुक्रबार
intrenet

काठमाण्डौं : नेपालमा आजदेखि चिनियाँ इन्टरनेट चल्ने भएको छ । लामो समयदेखि नेपालको इन्टरनेट बजारमा पडक बनाएको भारतीय एकाधिकार अब सकिएको छ । नेपाल सरकार स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिक रुपमै चीनबाट इन्टरनेट ब्याण्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार तोडिएको छ ।intrenet

टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्याण्डवीथ ल्याउने भएको हो । चिनियाँ स्थलमार्गबाट रसुवा हुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अबदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने जनाएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको छ । टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । सोही मार्गबाट इन्टरनेट व्याण्डवीथ अबदेखि नेपाल आउने छ ।

व्यवसायिकरुपमै व्याण्डवीथ आजदेखि आउने भए पनि ठूले भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन् । आवश्यकता अनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ । चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्ता माझ पुग्ने जनाइएको छ । हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवा प्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ ।

यसरी चीनबाट इन्टरनेट आए पनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउने छैनन् । उपभोक्तासँग जोडिएका गुणस्तर (स्पिड) र मूल्य हुन् जुन कनेक्सन जहाँबाट आए पनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन । टेलिकम स्रोतका अनुसार टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट ल्याउने छैन भने अर्कोतिर टेलिकमले हाल पूरानै कनेक्सन दिइरहेको छ । हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवा प्रदायकको भन्दा धेरै महङ्गोमा भारतबाट खरिद गरिरहेको छ । उसले हाल पनि प्रतिएमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७