१३९ वर्षपछि नेपाली चियाले पायो आफ्नै लोगो


२८ पुष २०७४, शुक्रबार
tea bagan 1

इलाम : नेपालमा चिया खेती भएको एक सय ५० वर्षपछि बल्ल नेपाली चियाले आफ्नै लोगो पाएको छ । नेपालमा चिया खेती भएको एक सय ५४ वर्षपछि नेपाली चियाले ‘नेपाली पहिचान’ बनाएको हो । नेपालमा चियाको व्यावसायिक उत्पादनको एक सय ३९ वर्षपछि आफ्नै लोगो पाएको छ । १९२० सालबाट शुरु भएको चिया खेती अहिले देशका ४४ जिल्लामा फैलिसकेको छ । १९३५ सालमा कारखाना स्थापना गरेर चिया उत्पादन शुरु भएको थियो । तर, अहिलेसम्म आफ्नो पहिचान पाउन सकेको थिएन ।Tea Logo

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको हो । यसअघि नेपाली अर्थोडक्स चिया कि दार्जिलिङ्गको लोगोमा अन्तर्राष्ट्रिय बजारमा गइरहेको थियो । कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु निककै चुनौति रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बा बताउँछन् । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्णरुपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डहरु तोकेको छ । लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । चियाको गुणस्तरदेखि कामदारको रोजगारको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गरेकाले मात्र लोगोको प्रयोग गर्न सक्छन् ।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अग्र्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने चियाविद सुब्बा बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा इमान्दार भएर लाग्नु पर्ने उहाँको सुझाव छ । अहिले नेपालमा उत्पादित १० प्रतिशत अर्थोडक्स चियाले मात्र तेस्रो मुलुकमा राम्रो मूल्य पाउने गरेको छ ।

बाँकी ८० प्रतिशतभन्दा बढी अर्थोडक्स चिया भारतीय बजारमा कम मूल्यमा विक्री हुँदै आएको छ । लोगोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि सगरमाथा बेस क्याम्पमा उद्घाटन गर्ने तयारी भइरहेको छ । विश्वका ठूला क्रेता र विश्वका पत्रकारहरुलाई सगरमाथाको बेस क्याम्प पु¥याएर अप्रिलमा लोगो उद्घाटन गर्ने तयारी रहेको होड्पाका सीईओ समेत रहेका सुब्बाले जानकारी दिए । अप्रिल ६ देखि तीन दिन काठमाण्डौंमा चिया सम्मेलन हुँदैछ । लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म जानकारी दिनेका लागि अहिले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र होड्पाले किसान तहमा छलफल चलाइरहेका छन् । इलाम, पाँचथर, धनकुटा तेह«थुममा चिया किसान र उत्पादकहरुसँग लोगो प्रयोग र यसले उत्पादक र किसानहरुलाई हुने फाइदाको विषयमा जानकारी गराउन थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७