पार्टी एकताका लागि क्रियाशिल छु : वामदेव गौतम


२८ पुष २०७४, शुक्रबार
bamdev

काठमाण्डौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतामा आफू जहिले पनि सक्रिय रहेको बताएका छन् ।bamdev

कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा सरकार निर्माण गरी समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार बाहिरबाट आफू सँधैं सक्रिय रहने उनले बताएका छन् ।

नयाँपेजसँग कुरा गर्दै नेता गौतमले मुलतः आफू तीन प्रकारको भूमिकामा सक्रिय रहने बताएका छन् । उनले गणतन्त्रपछि टुटफुट भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, आगामी ५ वर्षभित्र समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि क्रियाशिल रहने र जनताले अनुभूति गर्नसक्ने गरी विकास निर्माणको काममा भूमिका निर्वाह गर्ने जनाएका छन् ।

नेता गौतमले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट आफू पराजित भए पनि राष्ट्रिय राजनीतिमा आफू जहिले पनि अग्रभागमा नै रहने दावी गरेका छन् । निर्वाचनमा जीत–हार सामान्य रहेको बताउँदै नेता गौतमले भने–‘दुबै पार्टीले मेरो पराजयको कारणबारे निष्पक्ष छानविन ग¥यो भने ममाथि न्याय हुनेछ भन्ने मैले सोंचेको छु ।’ आफूले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै नेता गौतमले आउँदा दिनमा पनि कम्युनिष्ट आन्दोलनको साखलाई उचाइ दिन क्रियाशिल रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७