नेविसघंले उपमेयर हरिप्रभा खड्काको हातमा थमाए धुलो


२८ पुष २०७४, शुक्रबार
hariprabha khadga

काठमाडौं : नेपाल विद्यार्थी संघले काठमाडौं महानगरको उपमेयर हरिप्रभा खड्गीको हातमा धुलो थमाएका छन् । महानगरपालिका कार्यालय पुगेर नविसंघले उपमेयर खड्गीलाई महानगरको मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहर संकलन गरी महानगरपालिकामा बुझाएका हुन् । झन्डै सय जनाको सङख्यामा विद्यार्थी टोली पुगेको थियो ।hariprabha khadga

महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका नेविसघंका नेताहरुले बताए ।

धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताए । उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताए ।

यसअघि संघले धुलो धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको थियो । काठमाडौंमा अत्याधिक धुलो र फोहर बढेको भन्दै उनीहरुले सांकेतिक रुपमा मह नगरपालिकाको ध्यानाकर्षण गराएको नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले बताए । बैद्यले भने, ’महानगरले विभिन्न रुपमा जनताबाट कर उठाएपनि काम गरेन ।’

उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन् । सडक विभागले आफ्नो जिम्मेवारी पूरा नगर्दा धुलो भएको खड्गीले दाबी गरिन्।

सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताए । ‘धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ’, उनले भने ।

नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो ।

नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पारे ।

नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७