जाडोमा हात फुटे के गर्ने ? (समाधानको ७ टिप्ससहित)


२८ पुष २०७४, शुक्रबार
skin hand

फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउँनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।skin hand

– हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।

– राती सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।

– जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउँन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

– ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।

– हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।

– दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।

-स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७