यी हुन् पहिलोचोटी एचआइभी एड्स लाग्ने व्यक्ति…..


२८ पुष २०७४, शुक्रबार
hiv
इस्वीको बीसौँ शताब्दीको उत्तराद्र्धमा असीको दशकको सुरुतिर एउटा यस्तो विश्वव्यापी हलचल पैदा भयो जसको दीर्घकालिक प्रभाव र असर आजसम्म छ र भविष्यमा पनि रहनेछ । सन् १९८१मा संयुक्त राज्य अमेरिकामा “एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोम” (ब्क्ष्म्क्) नाम दिइएको एउटा “रुग्ण अवस्था” त्यहाँका पन्ध्र राज्य र ड्रिस्टिक्ट अफ कोलम्बियालगायत दुई अन्य देशहरूमा पहिलो पटक पत्ता लागेपछि जर्जिया राज्यको एटलान्टा सहरस्थित “रोग नियन्त्रण केन्द्र” क्रियाशील भयो र यसले आफ्नो तीक्ष्ण नजर त्यस अवस्थाको अध्ययनमा केन्द्रित ग¥यो । त्यसबेला एक सय अन्ठाउत्र पुरुष र एउटी महिलामा यो अवस्था देखिएको थियो ।condom

सन् १९८३/८४सम्म यस “रुग्ण अवस्था”लाई समग्र रूपमा एड्स रिलेटेड कम्प्लेक्स (ए.आर.सि.) भनेर चिनिन्थ्यो जसमा शरीरका सबै लिम्फ ग्रन्थिहरू सुत्रिने, अत्यन्त कमजोरी महसुस हुने, तौल घट्ने, ज्वरो आउने र लगातार झाडा लाग्ने, रोग प्रतिरक्षा प्रणालीमा असामान्य अवस्था देखिने, रगतमा प्लेटलेटको कमी हुने र मुखमा फङ्गस सङ्व्रmमण हुने लक्षणहरू देखिन्थे । सन् १९८३मा फ्रान्समा यस अवस्थाका लागि जिम्मेवार रहेको विषाणु “रेट्रो भाइरस” पत्ता लगाइयो जसलाई त्यहाँ “लिम्फेडेनोप्याथी एसोसिएटेड भाइरस” भनी नामकरण गरियो भने त्यसैलाई अमेरिकामा सन् १९८४मा “ह्युमन टि–लिम्फोसाइट भाइरस” भनी नामकरण गरियो । अन्त्यमा विषाणुहरुको अन्तर्राष्ट्रिय नामकरण समितिले यसलाई “ह्युमन इम्युनोडेफिसियन्सी भाइरस” (एचआइभि) नाम दियो ।

मानिसको शरीरमा एचआइभि भाइरसको प्रवेश भएपछि अर्थात् संक्रमण भएपछि माथि भनिएका लक्षणहरू तुरुन्तै देखिँदैनन् तर शरीरमा यसको प्रवेश भए नभएको कुरा रगतको “एलिसा” भत्रे जाँचबाट निश्चित गरिन्छ । संक्रमण भएको तीन महिनासम्म “एलिसा जाँच” पोजिटिभ नहुन पनि सक्तछ । यस समयलाई “विन्डो पिरियड” भत्रे गरिन्छ । एचआइभि भाइरसको संक्रमण भएर “एलिसा जाँच” पोजिटिभ भएपछि पनि तत्काल कुनै लक्षण नदेखिनुको कारण के हो भने एचआइभि भाइरसले आफ्नो सङ्ख्या वृद्धि गर्न आर.एन.ए.बाट डि.एन.ए. बनाउनुपर्ने हुन्छ । यसका लागि केही समय लाग्दछ । जबसम्म कुनै तत्वले डि.एन.ए बनाउन बल पु¥याउँदैन अथवा अनुकूल परिस्थिति उत्पत्र गर्दैन तबसम्म यो सङ्ख्या बढ्दैन । यसरी एचआइभि प्रवेश गर्ने र सङ्ख्या बढ्ने समयका बीचमा छोटोदेखि लिएर दसौँ–बीसौँ वर्षको समयको फरक पनि हुन सक्तछ । कति मानिसको त एचआइभि छ छैन भनेर जाँच्ने रगतको “एलिसा जाँच” पोजिटिभ भएर पनि एड्सका सङ्केत नै नदेखिई अरू नै कारणबाट मृत्यु हुन्छ । त्यसकारण एचआइभि पोजेटिभ हुँदैमा सँगसँगै एड्स भइसकेको हुँदैन । तर यो जाँच पोजिटिभ हुनु भनेको भविष्यमा एड्सका लक्षण देखिन सक्ने बाटो खुल्नु भने अवश्य हो ।

यो “रुग्ण अवस्था” एकपटक देखा परेपछि यसका बारेमा व्यापक रूपमा खोज र अनुसन्धान पनि सुरु भयो कारण यो अवस्था पैदा भएपछि यसको उपचार र पैदा हुनुअगि यसलाई रोक्न दिइने खोप दुवै पत्ता लगाउन अत्यन्त गाह्रो भएको तथ्य पनि सँगसँगै पत्ता लाग्यो । सन् १९८६मा संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को सहरमा भएका कुल युवा पुरुषको मृत्युमध्ये पन्ध्र प्रतिशत र न्युयोर्क सहरको यस्तै जनसङ्ख्याको मृत्युमध्ये ४.४ प्रतिशत यसका कारणले भएको अनुसन्धानबाट पत्ता लाग्यो । आजसम्म पनि विश्वभरि यो अवस्था युवा पुरुष र महिलाको मृत्युको प्रमुख कारण रहेको छ ।

एचआइभि विषाणु यौनाङ्गबाट निस्किने स्रावमा र रगतमा पाइने अनि त्यस्तो स्राव वा रगतको संसर्गका माध्यमबाट (कोखको बच्चामा पनि रगतकै माध्यमबाट) मात्र सर्ने र यौनाङ्गका स्राव वा आलो रगतभन्दा बाहिर रहेर यो एक सेकेन्ड पनि बाँच्न नसक्ने कुरा पनि अध्ययनहरूबाट थाहा भयो । त्यसैले परलिङ्गी यौनसम्पर्क र समलिङ्गी यौनसम्पर्क र त्यसमा पनि पुरुष–पुरुष समलिङ्गी यौनसम्पर्क (जसमा स्राव र त्यस्तो सम्पर्कका वेला हुन सक्ने घाउबाट निस्कन सक्ने रगतमार्फत यो विषाणु सर्न सक्ने सम्भावना बढी रहन्छ)का माध्यमबाट यो रोग सर्ने कुरा अझ स्पष्ट भयो । एचआइभि विषाणुले आर.एन.एबाट डि.एन.ए बनाएर मानव शरीरमा यसको सङ्ख्यात्मक वृद्धि हुन थालेपछि यी विषाणुहरुले मानव शरीरको रोगबाट बच्न एन्टिबडी तयार गर्न काम गर्ने विशेष किसिमका श्वेत रक्तकोषहरूमा (टि–लिम्फोसाइट) आक्रमण गरेर एन्टिबडी निर्माणको सूचना प्रणालीलाई ध्वस्त गर्दछन् । त्यसो भएपछि शरीरमा कुनै पनि बाहिरी रोग लगाउने तत्वसँग लड्न शरीरले आफै तयार गर्ने एन्टिबडी बत्रे क्रम घट्तै गएर बन्दसम्म हुन सक्तछ जसले गर्दा शरीरले कुनै पनि सामान्य संक्रमणलाई धात्र सक्तैन । फलस्वरूप शरीरमा रोग प्रतिरक्षा शक्ति घटेर संक्रमणका प्रभावहरू निरन्तर देखिइरहन्छन् र सानै संक्रमण पनि मानिसको मृत्युको कारणसमेत बत्र सक्तछ ।

एचआइभि विषाणु हावामा एकक्षण पनि जीवित रहन नसक्ने तथ्यबाट एड्सको आतङ्कबाट त्रस्त भएर एकार्कालाई छुन पनि डर मात्र थालेका सचेत विश्व नागरिकलाई के बताउन सजिलो भयो भने सुँघेर, जूठो खाएर, एउटै शौचालयमा मलमूत्र त्याग गरेर, अँगालो मारेर, सँगै सुतेर र लगाउने लुगा साटासाट गरेर मात्रै एचआइभि विषाणु सर्दैन ।  एचआइभि संक्रमण र एड्सको यस्तो अप्रत्याशित विस्फोटनले सरकार र संस्थापनलाई यौन र यौन व्यवहारसम्बन्धी अनुसन्धानको कमीबारे झकझकायो र यसको आवश्यकताबारे सचेत गरायो । किन्सेको अनुुसन्धान, प्लेब्वाईद्वारा प्रायोजित मर्टन हन्टस्को अध्ययन गैर सरकारी क्षेत्रमा भएका उत्कृष्ट काम थिए । विवाहपूर्व यौनबारे जे. डि लेमिडर र टि.म्यकककोर्डिलका तथा विवाहपश्चात् दम्पतीबारे पि. डब्लु ब्लुमस्टिन र पि. स्वर्जद्वारा गरिएका मत सर्वेक्षणहरू विशेष यौन व्यवहारका बारेमा केन्द्रित भएका कारणले बढी उपयुक्त मानिए । सेरे हिटेले स्वयंसेवीहरूबाट लिएको तथ्याङ्क भने बहुप्रचारित भए तापनि कम महत्वपूर्ण आँकिएको छ ।

यी अनुसन्धानहरूका फलस्वरूप एकपल्ट फेरि समलिङ्गी सम्बन्ध शङ्का र प्रश्नवाचक चिह्नद्वारा घेरियो । प्रशस्त शिशुहरूमा जन्मँदैखेरि एचआइभि पोजिटिभ पाउन थालिएकाले अमेरिकाको बालस्वास्थ्य र बालविकास प्रतिष्ठानको ध्यान त्यसतर्फ आकर्षित भयो ।
ब्याटेल मेमोरियल संस्थानद्वारा अमेरिकाका बीसदेखि उनन्चालीस वर्षका युवाहरूमा गरिएको प्रायोजित अनुसन्धानबाट त्यस उमेरका पुरुषहरूले सातामा सालाखाला एकचोटि यौन सम्बन्ध राख्ने र एउटा युवकले सालाखाला ७.३ युवतीहरूसँग यौनसम्पर्क राख्ने गरेको पाइयो । यसैगरी उभयलिङ्गी र समलिङ्गीले परलिङ्गीले भन्दा कन्डमहरूको प्रयोग बढी गर्ने गरेको तथ्याङ्क पनि पत्ता लाग्यो । अर्कातिर अमेरिकामा २.३देखि ४.४ प्रतिशत पुरुषले विगत पाँच वर्षभित्र समलिङ्गी यौनसम्पर्क राख्ने गरेको तर बेलाइती र फ्रेन्च युवाहरूमा यो प्रतिशत १.४मा सीमित रहेको विवादास्पद तथ्याङ्क पनि फेला प¥यो ।

एचआइभि सर्ने प्रक्रिया र यसको रोकथामका लागि यौन व्यवहारबारे प्रशस्त अनुसन्धानको आवश्यकता यति स्पष्ट हुँदाहुँदै पनि सिनेटर जे. सि. हम्सजस्ता व्यक्तिले सिकागोको राष्ट्रिय विचार अनुसन्धान केन्द्र र सिकागो विश्वविद्यालयलाई यस विषयको अनुसन्धानका लागि दिन लागिएको सरकारी अनुदानका विरुद्ध वकालत गरेर विकसित देशको यौनसम्बन्धी उदार धारणाको दरिद्रता प्रदर्शन गरे । उता बेलाइतकी तात्कालिक प्रधानमन्त्री मार्गरेट थ्याचर स्वयम्ले आफ्नो देशमा यस्तो अनुदानविरुद्ध भिटो लगाइन् । यथार्थमा समलिङ्गी, उभयलिङ्गी एवम् परलिङ्गीहरूको सङ्ख्या र यौन व्यवहारको विस्तृत विवरण, यौनसाथीहरूको सालाखाला सङ्ख्या, सांस्कृतिक र सामाजिक यौन मान्यता र व्यवहार, शिक्षाकोे स्तर र त्यसको प्रभावको अध्ययनबाट मानिसको यो भयङ्कर शत्रुलाई बुझ्न र कमजोर बनाउन अति जरुरी छ ।

“एस.एस.एस” र “सियकस” नामक गैरसरकारी संस्थाहरू समलिङ्गी तथा किशोर एवम् अल्पवयस्कहरूलाई मुख्य लक्ष्य बनाएर एड्सको रोकथामका लागि लागिपरेका छन् । “आसेक्ट” भत्रे अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कन्डमजस्ता साधनको प्रयोगभन्दा यौनसाथीको सङ्ख्यालाई सीमित गर्ने कुरामा जोड दिएर यौन शिक्षा कार्यक्रम चलाइरहेको छ । तर समलिङ्गीहरूमा सुरक्षित यौनसम्पर्कको अभियान सीमित यौनसाथीको अभियानभन्दा बढी सफल भएको पाइएको छ । प्रत्येक वर्ष सरकारी प्रतिनिधित्व भएका अन्तर्राष्ट्रिय संस्थाहरूमध्ये विश्व स्वास्थ्य सङ्गठन (WHO)ले आफ्नो गतिविधिलाई डिसेम्बर १ लाई “अन्तर्राष्ट्रिय एड्स दिवस”का रूपमा मनाएर तथा सरकारमार्फत सामग्री र रकम पठाएर विश्व तथा नेपालमा आफ्नो कर्मकाण्ड पूरा गर्न सीमित राखेको छ ।

लेखक डा. सुबोधकुमार पोखरेल “पुस्तक सृष्टिको रोमान्सबाट”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७