जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रको निरीक्षण


२८ पुष २०७४, शुक्रबार

काठमाडौं: क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले आज डल्लु आवास क्षेत्रको निरीक्षण गरेका छन् ।श्रेष्ठसंगै निरीक्षणमा रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति महासेनानी अनुप जङ्ग थापा,डल्लु आवास क्षेत्रका अध्यक्ष राजा शाक्य,कामपा वडा नं १५ का अध्यक्ष ईश्वर मान डंगोल र आवासका प्रबुद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।jiban ram shretha

श्रेष्ठले निरीक्षणको क्रममा आवास क्षेत्रमा भएका विकासका कामहरु ,आगामी दिनमा गर्नु पर्ने काम र क्षेत्रका विवध पक्षको वारेमा जानकारी लिएका थिए ।

डल्लु आवास क्षेत्रको सुविधायुक्त नमुना आवास क्षेत्र बनाउन डल्लु आवास स्थानीय सहयोग समितिले एक कार्य पत्र बनाएर विकासका कार्यहरू धमाधम गर्दै आईरहेका छन् । स्थानीय, प्रदेश तथा प्रतिनिधिको निर्वाचन पछि डल्लु आवासको विकासलाई अझ शसक्त बनाउन यस समितिले प्रतिनिधि तथा स्थानीय सरकारका प्रमुखसंग निरन्तर छलफलहरू भई रहेका छन् । यस क्षेत्रमा ईन्टरनेश्नल मल्टिप्रपोज बिल्डिङ्ग, बाटोघाटोका जिर्णोध्दार, डिपबोरिङ्ग, पार्कहरू बनाउने योजनाहरूलाई यस समितिको कार्य पत्रमा दर्शाए अनुसार कामहरू निरिक्षण गरिएको थियो ।

यस निरिक्षण कार्यमा महासेनानी अनुप जङ्ग थापाले डल्लु आवास क्षेत्र साँच्चै व्यवस्थित नमुना आवास क्षेत्र बन्दै गरेकोमा प्रशंसा गरेको थियो भने श्रेष्ठले यस आवास क्षेत्रमा बन्न लागेको ईन्टरनाश्नल मल्टिप्रपोज बिल्डिङ्गबाट आवास क्षेत्रकै नमुना आवास क्षेत्र बन्ने कुनै दुई मत नहुनुका साथै यस आवास क्षेत्रको विकासमा ठुलै उपलब्धि हुने कुरा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७