फेरी पोर्नस्टार बलिउडमा प्रवेश


२८ पुष २०७४, शुक्रबार
Miya malva Porn star

एजेन्सी, सन्नी लियोनीपछि बलिउडमा अर्की अमेरिकी मूलकी युरोपियन पोर्नस्टार मिया मालकोवा भित्रिँदै छिन् । चर्चित निर्माता राम गोपाल बर्माले मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।

Miya malva Porn star

मियाले बिहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन्। ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ सुट गरेका छन्’, उनले भनेकी छन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ।’ उनले रामगोपाल बर्मालाई धन्यवाद पनि भनेकी छिन्। रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो।

रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन। तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन। ‘गड, सेक्स एण्ड ट्रुथ’को ट्रेलर १६ जनवरीमा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७