बास्केटबलमा मध्यमाञ्चललाई पुरुष र महिला दुबै उपाधि


२८ पुष २०७४, शुक्रबार
champin

काठमाडौं: मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार मध्यमाञ्चल पुरुष-महिला दुवैमा च्याम्पियन च्याम्पियन बनेको छ ।champin
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो । विजेताका विपिन महर्जनले १८ अंक जोडे । नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउदै तेश्रो भयो । प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे ।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउदै उपाधि रक्षा गर्‍यो । विजेताकी अनुषा मल्लले २२ अंक जोडिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो । आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन् ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७