शेरधन राई भोजपुरबाट प्रदेश सभाको उम्मेदवार, मुख्यमन्त्रीको दाबेदारी


१८ आश्विन २०७४, बुधबार
Sherdhan rai

Sherdhan rai

भोजपुर, १८ असोज : नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राई प्रदेश सभाको लागि उम्मेदवार बन्ने भएका छन् । एमाले भोजपुर क्षेत्र नम्बर २ प्रदेश सभा समन्वय कमिटीको बैठकले राईलाई भोजपुर २ बाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला सचिव शरणकुमार राईले बताए ।

बुधबारबाट सुरु भएको नेकपा (एमाले) जिल्ला कमिटि भोजपुर र क्षेत्रिय कमिटि समन्वय कमिटिको बैठक जारी छ । भोजपुरको क्षेत्र न २ बाट राईको नाम सर्बसम्मत रुपमा सिफारिस भएको हो । यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बनेका हुन् । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक छन् । उनलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको छ । स्रोतका अनुसार नेता राईले मुख्यमन्त्रीको उद्देश्य सहित प्रदेशबाट उम्मेदबार बनेका हुन् ।

२०२७ सालमा भोजपुरको विकट थिदिंखा–५ पसल भन्ज्याङ्गमा सामान्य परिवारमा जन्मिएका राईले ०४४ बाट अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक जीवन शुरु गरेका हुन् । अखिलको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, पूर्वाञ्चल संयोजक भएर उनले काम गरे । एमाले विभाजनपछि अखिल छोडेर उनले पार्टीको राजनीति सम्हाले ।

०५४ एमाले विभाजित हुँदा राई एमालेमा उपसचिव थिए । ०५६ सालमा भएको प्रतिनिधि सभामा निर्वाचित हुँदा राई देशकै कान्छो सांसदमा गनिए । ०६४ चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीका सुदन किरातीसँग पराजित भएका राई पुनः दोस्रो संविधानसभाको विजयी भएका थिए । संसदको सुशासन तथा अनुगमन समितिकाे सभापतिको रुपमा केही समय काम गरेपछि राईले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी सूचना तथा सञ्चारमन्त्री हुदा जारी भएको आमसञ्चार नीतिलाई निकै महत्वपूर्ण उपलब्धी मानिन्छ ।

राई संसदको सुशासन तथा अनुगमन समितिको सभापति रहदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाएर स्पष्टीकरण समेत सोधेका थिए । प्रमुख आयुक्तसहितका अधिकारीहरुलाई अख्तियारमाथि हाल उठिरहेका विभिन्न प्रश्नका बारेमा प्रष्टीकरण सोधेपछि त्यो बेला उनको कदम चर्चामा थियो ।

उनले कार्कीलाई सोधका थिए, ‘अनुसन्धान कसरी गरिन्छरु कारवाहीका प्रक्रियाहरु कसरी अगाडि बढाइएको छरु त्यहाँका गुप्तचर र जनशक्तिको अवस्था कस्तो छरु अहिले उठिरहेका विभिन्न प्रश्नहरुको सन्दर्भमा अख्तियारको भनाई के हो ? निर्दोष मान्छेहरु पनि कारवाहीमा परिरहेका छन् कि ?’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७