पोर्न स्टारसँग ट्रम्पको यौन सम्बन्ध भएको यस्तो छ खुलासा


३० पुष २०७४, आईतवार
trump 0wOR55yQVr

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । ट्रम्पले सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग सम्बन्ध कायम गरेको दाबी खरबमा छ ।trump 0wOR55yQVr

सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार खबर छापेको छ । ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।

कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । ट्रम्पको सन् २००५ मा मिलानियासँग विवाह भएको थियो । विवाहपछि पछि ट्रम्पले स्टेफानीसँग सम्बन्ध कायम गरेकाले मिलानियालाई चिट गरेको ट्रम्पमाथि आरोप छ । ट्रम्प र स्टेफानीबिच सन् २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

सन् २०१६ मा स्टेफानीले आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र तर ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ । चुनाव हुनुभन्दा झण्डै एक महिनाअघि मात्रै वकिल कोहेनले स्टेफानीसँग सहमति गरेको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७