‘घुस’ असुल्ने एसपीका घुमुवा तानिए मकवानपुर


३० पुष २०७४, आईतवार
police 1

काठमाण्डौं : पर्साका प्रहरी प्रमुख गणेश रेग्मीपछि घुमुवा राखेर आर्थिक लेनदेन गरेको अभियोगमा मकवानपुरका एसपी विकास खनाल पनि मुछिएका छन् । police 1

मकवानपुरका प्रहरी प्रमुख एसपी खनालले सिभिलमा खटाएका प्रहरी नायब निरीक्षक (सई) बुद्धि चौधरीलाई ब्यापारीलाई धम्क्याएर पैसा असुली गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले गणमा हाजिर गराएको छ । उनले हेटौंडादेखि चितवनसम्मका ब्यापारीसँग पैसा असुली गरेको उजुरी परेपछि उनलाई प्रहरी प्रधान कार्यालयले तानेको स्रोतले नयाँपेजलाई बताएको छ ।

स्रोतका अनुसार एसपी खनालले अतिरिक्त आम्दानीका लागि परिचालन गरेका घुमुवा सई चौधरीलाई प्रहरी प्रधान कार्यालयले गत हप्ता आइतबार बयानका लागि बोलाएर १ नम्बर गणमा हाजिर गराई छानबिन गरिरहेको छ । चौधरीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखाले एक हप्तादेखि दैनिक बयान लिइरहेको छ । सई चौधरी यसअघि चितवनमा हुँदा पनि विवादमा तानिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७