एक महिनामा समातियो १३३ किलो सुन


१ माघ २०७४, सोमबार
gold

काठमाण्डौं : पछिल्लो समय नेपाल सुन तस्करीका लागि ‘ट्रान्जिट’ पोइन्टको रुपमा विकास भईरहेको छ । जसका कारण नेपाल सुन तस्करी गर्नेहरुका लागि सुरक्षित देश बनिरहेको छ ।gold

केही समयदेखि नेपालमा अवैध सुन तस्करी बढेको छ । त्रिभुवन विमानस्थलसँगै स्थलमार्गबाट पनि सुनको तस्करी हुने गरेको छ । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूहले रसुवाको केरुङलाई सुन भित्र्याउने सुरक्षित थलोको रुपमा प्रयोग गरिरहेका छन् । नेपाल प्रहरीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्र देशभरबाट १३३ किलो अवैध सुन बरामद गरेको छ । जबकी गत चालु वर्ष ९१ किलो सुन बरामद भएको थियो । चालु वर्षको तीन महिनामा नै यतिका परिमाणमा सुन बरामद हुनुले यो आर्थिक वर्षमा सुन तस्करीको मात्र अझै बढ्ने देखिन्छ । यो परिणाम तस्कर असफल हुँदा र प्रहरी सफल हुँदाको परिणाम हो । तस्करी भएर नसमातिएको सुनको परिणाम कसैले आँकलन गर्न सक्दैनन् ।

चालु आर्थिक वर्ष २०७१–०७२ मा प्रहरीले देशभरबाट १११ किलो सुन बरामद गरेको थियो । २०७२–०७३ मा बरामद सुनको परिमाण घटेर ६८ किलो बन्यो । त्यसपछिका वर्षहरुमा बरामद सुन तस्करीको परिमाण बढ्दै गएको छ । फितलो कानुनी व्यवस्था र तस्करलाई राजनीतिक संरक्षण भएकाले तस्करहरुको मनोबल उच्च भएको प्रहरी अधिकृत बताउँछन् ।

गत भदै १९ गते प्रहरीले काठमाण्डौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ किलो सुनसहित चालक मनोज अधिकारी पक्राउ परेका थिए । तस्करले रसुवा नाका हुँदै सुन राजधानी भित्र्याएको प्रहरी अनुसन्धानमा देखिएको छ । ८८ किलो सुन बरामद भएको पाँच दिनअघि मात्र केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाण्डौंका विभिन्न स्थानबाट १४ किलो सुन बरामद ग¥यो े। केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्‍याउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखाको एक घरमा

खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन बरामद भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि कम परिमाणमाा सुन तस्कर गर्नेहरु लगातारजसो पक्राउ परिरहेका छन् । ३३ किलो सुन काण्डपछि भने विमानस्थलबाट ठूलो मात्रमा सुन बरामद भएको छैन । अवैधरुपमा भित्र्याएको ५० ग्राम सुनमा २० देखि ३० हजारसम्म फाइदा हुने भएकाले विदेशबाट सुन तस्करी हुने गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७