कवाडीस्थल बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

करोडौंका विमान कुहाएर मालिक सम्पर्कविहीन !


२ माघ २०७४, मंगलवार
ja

काठमाण्डौं : काठमाण्डौंस्थित त्रिभुवन विमानस्थल वर्षेनी कुरुप बन्दै गएको छ । विमानस्थलको आवश्यकीय व्यवस्थापन हुन नसक्दा वर्षेनी कुरुष बन्दै गएको हो ।biman

दैनिक सयौंको संख्यामा विदेशी नागरिकको ओहोर–दोहोर भईरहने विमानस्थलको यो हालले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको हालतलाई प्रष्ट्याईरहेको छ । विगत लामो समयदेखि उडान भर्न छाडेका विमानहरुको व्यवस्थापन नगरी अलपत्र छाडिंदा अन्तर्राष्ट्रिय विमानस्थल कवाडीस्थल जस्तो बन्दै गएको छ । त्रिभुवन विमानस्थलको पूर्वी क्षेत्रस्थित हेलिप्याड नजिकै तीन वटा जहाज कालोपत्रे छर्ने गरी तेसिएका छन् । धूलोले छोपिएका ती जहाज अग्नि एयरका हुन् । निजी क्षेत्रको उक्त जहाज कम्पनी बन्द भएको सात वर्ष पुग्यो । वर्षौंदेखि उडान नगरी थन्केर बसेका जहाजले साँघुरो विमानस्थललाई झनै साँघुरो बनाई रहेका छन् । अग्निका ९ एन–एआईपी (अल्फा इन्डिया पापा) र ९ एन–एआईए (अल्फा इन्डिया अस्कर) सन् २०११ देखि ग्राउण्डेड भएका हुन् । अग्निकै अर्को जहाज पनि सोही बेलादेखि ग्राउण्डेड छ ।

विमानस्थलको आन्तरिक टर्मिनल भवनभन्दा भित्र छिरे आउने ह्यांगर नजिकै यती एयरलाइन्सको अस्थिपञ्जर मात्रै बाँकी रहेको साब–३४० बी जहाज देखिन्छ । उक्त जहाज झण्डै १५ वर्षदेखि ग्राउण्डेड छ । अग्नि एयरका डोर्नियर जहाज भने सिम्रिक एयरलाइन्सले खरिद गरेको थियो । कम्पनी टाट पल्टेपछि उड्न र बिक्री समेत हुन नसकेका तीनै जहाज अब ‘स्क्र्याप’ गर्नुपर्ने अवस्थामा छन् । सन् २०१२ तिर विमानस्थलमा १० वटा थोत्रा जहाज यसरी नै अलपत्र थिए । अहिले संख्या घटेको भए पनि जहाज थोत्रिएपछि विमानस्थलमै थुपार्ने प्रवृत्ति भने उस्तै छ । यसरी थन्किएका जहाज हिउँदमा धूलोले पुरिने र वर्खा लागेपछि लेउ लाग्ने गरेका छन् ।

करोडौंका विमान कुहाएर मालिक सम्पर्कविहीन !

यती एयरलाइन्सले जहाज थन्क्याए वापत विमानस्थललाई शुल्क बुझाइरहेको छ । अग्नि एयरले भने कम्पनी नै बन्द भइसकेका कारण शुल्क तिर्न सकेको छैन । उक्त कम्पनीले जहाज थन्क्याए वापत तिर्नुपर्ने रकम ४० लाख पुगिसकेको विमानस्थल प्रशासनका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन् । यी चार वटै जहाजलाई मालिक विदेशी नागरिक भएका कारण पनि व्यवस्थापनमा कठिनाई भइरहेको उनी बताउँछन् । अग्नि एयरले तीन वटै जहाज भाडामा ल्याएर सञ्चालन गरेको थियो । कम्पनी सञ्चालन हुन नसक्ने अवस्थामा पुगेपछि ती जहाजका मालिक पनि सम्पर्कमा आएका छैनन् । यतीले पनि अफ्रिकी नागरिकको साब–३४० बी जहाज भाडामा ल्याएर उडाएको थियो, जसले ९ एन–एएचएल कलसाइन पाएको थियो, नेपाली आकाशका लागि । जहाज बिग्रेपछि त्यसका मालिकसँग विमानस्थल र यती एयरलाइन्स दुवैका अधिकारीले सम्पर्क गर्न नखोजेका होइनन् । तर, उनी सम्पर्कमा आएका छैनन् ।

नियामक निकाय मौन

विमानस्थल छिर्ने जोकोहीका मनमा यस्ता विमान किन नहटाएको होला भन्ने कुरा मनमा खेल्छ । अन्तर्राष्ट्रिय विमानस्थलको यस्तो विजोग अशोभनीय र विदेशीका नजरमा लाजमर्दो भए पनि यसको व्यवस्थापनमा नियामक निकाय मौन देखिन्छ । थोत्रा विमान अन्यत्र व्यवस्थापन गराउन नियामक निकायले विमान कम्पनीलाई दवाव नदिंदा उनीहरु चासो नदिई बसेका छन् । विमानस्थलको सौन्दर्यलाई नै कुरुप बनाइरहेको थोत्रा विमान हटाउन लाग्नुको सट्टा विमानस्थल प्रशासन भने ती जहाजका कारण कुनै असर नपुग्ने बताइरहेको छ । विमानस्थल प्रशासनका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्–‘यसले हाम्रो काममा कुनै असुविधान गरेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७