स्वास्थ्यमा मन्त्रीका ‘अस्वस्थ’ काम


२ माघ २०७४, मंगलवार
dipak bohara bhartachar

काठमाण्डौं :  जनादेश गुर्माइ सकेर पनि राजीनामा नदिई कुर्सीमा टाँसिइरहेको सरकारका स्वास्थ्यमन्त्री दीपक बोहराले आर्थिक लाभ लिंदै स्वास्थ्यमा नियुक्ति र सरुवा गर्दै आएका छन् ।dipak bohara bhartachar
स्वास्थ्यमन्त्री दीपक बोहराले पैसा लिंदै मनपरी नियुक्ति गर्ने क्रम जारी राखेका छन् । मन्त्रिपरिषद्बाट मात्र निर्णय हुनुपर्ने स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकको नियुक्ति पनि उनले मन्त्रिस्तरीय निर्णय भन्दै गरेका छन् । मन्त्री बोहराले बोर्डको कार्यकारी निर्देशकमा गत हप्ता डा. गुणराज लोहनीलाई नियुक्त गरेका छन् । बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिष्पर्धा गराएर नियुक्त गर्ने प्रावधान छ । तर, मन्त्री बोहराले घुस खाएर अर्को ब्यवस्था नभएसम्मका लागि डा. लोहनीलाई नियुक्ति दिएका छन् ।

‘छट्टुले नदीको छाल गनेर पनि खान्छ’ भन्ने उखान चरितार्थ गर्दै मन्त्री बोहराले विमा बोर्डमा मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरेर देखाएका छन् । मन्त्री बोहराका बाल्यकालदेखिका सबै क्रियाकलापका मित्र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोबद्र्धन प्रधानको सल्लाहमा उनले घुस लिंदै मनपरी नियुक्ति गर्दै आएका छन् ।

 बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिष्पर्धा गराएर नियुक्त गर्ने प्रावधान छ । तर, मन्त्री बोहराले घुस खाएर अर्को ब्यवस्था नभएसम्मका लागि डा. लोहनीलाई नियुक्ति दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा संगीता भण्डारीलाई नियुक्ति गर्नेदेखि लोहनीको विमा बोर्डमा नियुक्ति डा. प्रधानले नै तारतम्य मिलाएर गरेको समाचार छ । डा. प्रधानलाई मन्त्री बोहराले अनेक अनावश्यक आयोग बनाएर त्यसमा सदस्य राखी मन्त्रालय आउने बातावरण मिलाएका छन् । उनी मन्त्रीका सल्लाहकार त होइनन्, तर, स्वास्थ्यका निर्णयमा उनी हावी हुँदै आएका छन् । उनकै हालीमुहाली छ ।

स्वास्थ्य सचिव बनाउने बेला डा. सुशील प्याकुरेल र डा. पुष्पा चौधरीलाई भिडाएर आर्थिक लेनदेन गरेको पनि आरोप छ । बोहराले भन अनुसारका काम गर्ने शर्त स्वीकार गरेर चौधरी सचिवमा बढुवा भएपछि सरकार नछोड्दै महाशाखा परिवर्तनदेखि कर्मचारी सरुवा र नियुक्तिमा रकम असुली गर्ने क्रम तीव्र छ ।

महाशाखाहरुमा प्रमुख फेरबदल गर्दा पनि मन्त्री बोहराले रकम असुली गरेको आरोेप छ । मन्त्री बोहराले हालै परिवार स्वास्थ्य महाशाखा र एड्स तथा यौनरोग महाशाखा परिवर्तनमा पनि उनले आर्थिक लेनदेन गरेको स्रोतले बताएको छ । हालै मात्र परिवार स्वास्थ्य महाशाखामा डा. विकास देवकोटा र एड्समा वासुदेव पाण्डेलाई सरुवा गरेका छन् । अन्य महाशाखाका प्रमुखहरुसँग पनि मन्त्री बोहरा र उनका सल्लाहकार प्रधानले अझै चैतसम्म यही सरकार रहने भन्दै पैसाको मोलमोलाई गर्दै आएका छन् । यसरी सरुवा र नियुक्तिमा आर्थिक लेनदेनको कुरा मिलाउने सबै काम यशोबद्र्धन प्रधानले गर्दै आएका छन् । स्वास्थ्यका प्रतिष्ठानहरुमा पनि मन्त्रीको आर्थिक असुली आतंकले प्रमुखहरु हैरान हुने गरेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने अनुसार नबुझाएपछि मन्त्री बोहराले उनलाई मन्त्रालयमा तानेर डा. तारा पौडेललाई ल्याउन खोजेका थिए । तर, डा. पन्त कांग्रेसका नेता लिएर प्रधानमन्त्री पत्नी आरजु देउवासम्म पुगेर उनीमार्फत बोहरालाई भनसुन गर्न लगाएपछि थमौती भए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने अनुसार नबुझाएपछि मन्त्री बोहराले उनलाई मन्त्रालयमा तानेर डा. तारा पौडेललाई ल्याउन खोजेका थिए । तर, डा. पन्त कांग्रेसका नेता लिएर प्रधानमन्त्री पत्नी आरजु देउवासम्म पुगेर उनीमार्फत बोहरालाई भनसुन गर्न लगाएपछि थमौती भए । आरजुलाई र बोहरा दुवैलाई चित्त बुझाएर तत्काल थमौती भएका छन् ।

स्वास्थ्य सेवा विभागमा विगत डेढ बर्षदेखि महानिर्देशक रहेका पन्त राष्ट्रिय क्षयरोग केन्द्रमा हुँदादेखि नै आर्थिक अनियमितताले बदनाम मानिन्छन् । हस्पिटेक इन्टरप्राइजेजका विशाल पण्डितले गगन थापालाई आर्थिक सहयोग दिएर पन्तलाई महानिर्देशक बनाएका थिए । अहिले उनलाई थमौती गर्न आरजु र बोहरालाई तिनै पण्डितले गरेको बताइन्छ । पण्डित स्वास्थ्य क्षेत्रका सर्जिकलदेखि उपकरणसम्म सप्लाई गर्ने ठूला ब्यापारी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७