मन्त्रिपरिषद बैठक स्थगित


२ माघ २०७४, मंगलवार
man

काठमाण्डौं :  निकै चासोका साथ हेरिएको मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी सदरमुकाम तोक्ने आज (मंगलबार) दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ हो ।man

मन्त्रिपरिषदको वैठक भोलि विहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७