माघ महिनाको राशिफल


२ माघ २०७४, मंगलवार

Rasifal 16072017013020

– प्रीति आत्रेय ज्ञवालीफलितज्योतिषाचार्य

मेष

आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । माइती एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुुट्नेछ । कहीँ–कतैबाट कुुनै उपहार प्राप्त होला । आर्थिक एवं व्यावसायिक क्षेत्र सुुदृढ रहनेछ । कसैसित कुुनै कुुरामा वैचारिक मतभेद सिर्जना हुुनसक्छ । अपजस मिल्नसक्ने भएकाले सजग रहनुुहोला । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ ।

वृष

सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । प्रतिस्पर्धीहरूले रिस गरे पनि बिगार गर्न सक्ने छैनन् । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । गर्भवती महिलाहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुुहोला । व्यक्तिगत खुुसीका लागि केही खर्च हुनेछ । अनावश्यक खर्चको योगसमेत छ । यात्रामा  मालसामान हराउन सक्छ ।

मिथुन

दाम्पत्य जीवनमा मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ । काममा सफल भइनेछ । मनमा दोधार उत्पन्न हुुनसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । सोचेअनुुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुुखसमेत प्राप्त होला ।

कर्कट

इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुुनेछ । कुुनै कामविशेषले यात्रा हुुनसक्छ । व्यक्तिगत कार्यमा सफलता हात लाग्नेछ । व्यवसायबाट प्रशस्त लाभ होला । दाम्पत्य जीवनको समझदारी कायमै रहनेछ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । सकेसम्म कम बोल्नुु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुुन्छ ।

सिंह

चिन्ता हटेर मन हलुुका हुुनेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । आफ्नै प्रभुुत्वमा विभिन्न काम सम्पन्न हुुनेछन् । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । व्यक्तिगत खुसीका लागि खर्च हुुनसक्छ । पारिवारिक भेटघाटमा व्यस्त भइएला । छोराछोरीसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ । दाम्पत्य जीवनमा एक–अर्काप्रतिको मायामोह बढ्दै जानेछ भने स्वास्थ्यसमेत राम्रो रहनेछ ।

कन्या

परिवारमा नयाँ सदस्यको आगमनले हर्ष बढाउनेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । चोटपटकको भय छ । बैंक ब्यालेन्स बढ्नेछ । साथीभाइसँग रमाइलो भ्रमण हुनसक्छ । छोराछोरीबाट सन्तोष मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुुसीका निम्ति केही खर्च हुुनसक्छ ।

तुला

विभिन्न कुुराको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । परिवारसँग समय बिताउने अवसर जुुट्नेछ । आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुुनसक्छ । मित्रभेट हुुनेछ । मनमा कुुनै नयाँ काम गर्ने विचार आउन सक्छ । जोस–जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । एक–अर्काको भावना बुुझेर काम गर्नसके दाम्पत्य जीवन सुुमधुुर रहनेछ ।

वृश्चिक    

काममा अपेक्षाकृत सफलता हात पर्नेछ । जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुुनै कामविशेषले यात्रा गर्नुुुपर्ला । रोजगारी प्राप्त हुने सम्भावना छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । पारिवारिक सुुख–समृद्धि बढ्नेछ । छोराछोरीले इच्छाअनुुरूप कार्य गर्नेछन् । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । मान–सम्मानसमेत प्राप्त हुनेछ ।

धनु

एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । सहयोगी हातहरू पछि हट्नेछन् । काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुुनसक्छ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । परिवारको खुुसीका लागि केही खर्च गर्नुपर्ला । मालसामान हराउने योग छ । टाउको एवं आँखा दुुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ ।

मकर

पारिवारिक सुुख एवं सहयोग मिल्नेछ । आफ्नो इच्छानुुसार समय बिताउने अवसर जुर्नेछ । व्यक्तिगत खुुसीका लागि किनमेल हुुनेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी वृद्धि हुनेछ । एक–अर्काको इच्छा एवं सुुख–सुुविधाको ख्याल गरिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो भ्रमणको योग छ । प्राय: सबै कार्य आफूअनुुकूूल हुुनेछन् । पेटको समस्याले भने पिरोल्न सक्छ ।

कुम्भ

मध्यम खालको महिना छ । सबै काम यथावत् रूपमा सम्पन्न हुुँदै जानेछन् । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । सवारीसाधन जोरिने सम्भावना छ । श्रीमान् एवं छोराछोरीबाट अपेक्षित सुुख एवं सहयोग प्राप्त हुुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन् । महिनाको उत्तराद्र्धमा दाम्पत्य जीवनमा मतभेद सिर्जना हुुनसक्छ ।

मीन

काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । घर–जग्गासम्बन्धी काममा सफलता हात लाग्ला । कुुनै कार्यको उत्तरदायित्व बहन गर्नुुुपर्ने हुनसक्छ । माइतीसित भेटघाट गर्ने अवसर जुर्नेछ । कुुनै कामको सिलसिलामा यात्रा गर्नुपर्नेछ । न्यायिक एवं सामाजिक काममा सफलता प्राप्त हुनेछ भने दाम्पत्य जीवन सुुमधुुर रहनेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । सन्तान सुुखसमेत प्राप्त हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७