बराह नगरकपमा राष्ट्रिय खेलाडीले भरि भराऊ बराहक्षेत्र फुटबल क्लब विजयी


२ माघ २०७४, मंगलवार
meyar cup 6

सङ्गम बिष्ट
भरौल (सुनसरी)  :  एभेष्ट क्लबको आयोजनामा बराह नगरपालिकाको वडा नं ३ स्थित एभेष्ट फुटबल क्लबको खेल मैदानमा जारी प्रथम बराह नगरकपमा बराहक्षेत्र फुटबल क्लब विजयी भएको छ।meyar cup 6
मङगलबार भएको बराहक्षेत्र फुटबल चतरा र बक्लौरी फुटबल क्लब बक्लौरीका प्रतिष्पर्धात्मक खेलमा बराहले जितेकाे हाे ।  खेलमा बराहक्षेत्र फुटबल क्लबका तर्फबाट राष्ट्रिय टिमका खेलाडि समेत रहेकाे प्रकाश बुढाथोकी , १६ वर्ष मुनिको राष्ट्रिय टोलीमा आफ्नो खेल कौशल देखाएका रोमन गुरुङले  प्रतियोगितामा राम्रो प्रर्दशन गरेका थिए ।

यस्तै थ्रि स्टारका विष्णु सुनार , संकटा फुटबल क्लबबाट गोल पोस रक्षक विनय श्रेष्ठ र अर्का संकटाको जर्सि लगाइ सकेका वर्तमान राईले बराहक्षेत्र फुटबल क्लबको जर्सि लगाएर प्रथम बराह मेहर कपमा खेल कौशल देखाएको थिए ।

उक्त खेलमा बराहक्षेत्र फुटबल क्लबका तर्फबाट खेलको पहिलो हापको १२ मिनेटमा जर्सि नं १६ का खेलाडीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएको थियाे । लामा दो हाप तथा थपिएको समयमा पनि दुवै टिमबाट कुनै गोल  नभएपछि खेलको नतिजा  बिरूद्द १ गोलले बराहक्षेत्रको पोल्टामा परेको थियो।

उक्त खेलमा उत्कुष्ठ प्रदशन गरेका आदारमा बक्लौरी फुटबल क्लबका जर्सी नं ७ का बुदिमान राई म्यान अफ द म्याज घोषित भएका थिए म्यान अफ द म्याज घोषित राईले ३ नं का बडा अध्यक्ष रुदबहादुर दाहालको हातबाट २ हजार ५ सय सहित ट्रफि प्रदान गरेकाे थियाे ।meyar cup 8

meyar cup 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७