दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय


२ माघ २०७४, मंगलवार

काठमाडौं: प्रदेश शभा सदस्यमा मनाङ क्षेत्र नम्बर ख बाट निर्वाचित बेनका दिपक मनाङगेलाई सर्वोच्चले ५ वर्ष जेल सजाय सुनाएका छन् । सर्वोच्चले माङ्गेलाई ज्यान मुद्दामा फैसला सुनाएको हो ।

Deepak Manange 1

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो । मनाङ्गेलाई ०६१ सालमा मिलन चक्रेको समुहमाथी तरबार हानेको मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएको थियो । अदालतले यसलाई ज्यानमुद्दा भन्दै मनाङ्गेलार्इ ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

जिल्ला अदालतले सुनाएको सजाय दीपक मनाङ्गेले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ । मनाङ्गेको तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन र, यदि पुनरावेदनको समय सकिसकेको भए अब यो फैसला नै अन्तिम हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७