पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान


१९ आश्विन २०७४, बिहीबार
Jiba Lamichane

काठमाडौं : साहित्यिक पत्रकारितामा क्रियाशिल नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान तथा युवा कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको छ । १९ असोजमा एक समारोहको आयोजना गरी खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उनीहरुलाई यस वर्षको पद्मश्री साधान र पद्मश्री साहित्य सम्मान प्रदान गरेको हो ।

Jiba Lamichane
कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गर्दै खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने ।

लामो समयदेखि साहित्यिक पत्रकारितामा सक्रिय शर्मा र घिमिरेलाई संयुक्त रुपमा पद्मश्री साधना सम्मान प्रदान गरिएको हो । २०६७ देखि प्रदान गर्न थालिएको यो पुरस्कारको राशी रु।२ लाख रहेको छ । यस अघि राष्ट्रकवि मावधप्रसाद घिमिरे, आख्यानकार मनदमणि दीक्षित, साहित्यकार सत्यमोहन जोशी, साहित्यकार ध्रुवचन्द्र गौतम, कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि वैरागी काइँलालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै ‘सगरमाथाको गहिराइ’ कविता कृतिका लागि युवा कवि पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको हो । पराजुलीको ‘सगरमाथाको गहिराइ’सँगै जनकराज सापकोटाको ‘कहर’, कुमार नगरकोटीको ‘घाटमान्डू’, राज सगरमको ‘छाउघर’ र नवीन विभासको ‘रोल्पा सुइना’ पुस्तक मनोनयनमा परेका थिए । २०६३ देखि प्रदान गर्न थालिएको यस पुरस्कारको राशी रु।२ लाख रहेको छ ।प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले अर्को वर्षदेखि उत्कृष्ट १० कृतिको मनोनयन सूचि घोषणा गरिने बताए । लामिछाने जन्मिएको चितवनको पदमपुर गाउँको नामबाट नै खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कारको नाम ‘पद्मश्री’राखेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७