अर्बौं भ्रष्टाचार गर्नेलाई उन्मुक्ति, २५ हजार खानेविरुद्ध मुद्दा !


३ माघ २०७४, बुधबार

काठमाण्डौं : सडक विभाग अन्तर्गतका धरान–चतरा–हेटौंडा, गल्छी–स्याफ्रुबेसी, बेलहिया–भैरहवालगायतका सकडमा ८४ अर्ब रुपैयाँको ठेक्का ६ वटा ठूला ठेकेदारलाई मात्र दिएर २० अर्ब रुपैयाँभन्दा बढी नीतिगत भ्रष्टाचार गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक गोपाल सिग्देल र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको छानबिन गर्न नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजारदेखि २५ हजार रुपैयाँ घुस खानेलाई पक्राउ गर्दै प्रचार गर्दै आएको छ ।

aak
Commission for the Investigation of Abuse of Authority, CIAA

यसैक्रममा बुधबार पनि अख्तियारले नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापालाई २५ हजार रुपैयाँ घुस लिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले थ्री फेज लाइन जडान गर्ने प्रयोजनको लागि घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार टोलीले उनलाई घुस रकम वापतको लिंदालिंदै पक्राउ गरेको थियो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो २५ हजार रुपैंयाँ कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७