प्रदेश प्रमुखको जिम्मेवारी एकदमै आनन्दपूर्वक निभाउन सक्छु : अनुराधा कोइराला

प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालासँगको अन्तर्वार्ता


४ माघ २०७४, बिहीबार
Anuradha koirala अनुराधा कोइराला

सरकारले तीन नम्बर प्रदेशको प्रमुखमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ । माइती नेपाल संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमाएकी कोइराला २०१० को सिएनएन हिरोको उपाधी समेत जितेकी छिन् । उनी प्रदेश नम्बर तीनको प्रमुखमा नियुक्त भए लगत्तै नयाँ पेजका प्रबिन कुलुङ राईले गरेको संक्षिप्त संवाद :

Anuradha koirala अनुराधा कोइराला

 

समाजसेवामा सक्रिय हुनुहुन्थ्यो, प्रदेश प्रमुखको जिम्मेवारी पाउनुभयो कस्तो लागिरहेको छ ?
मलाई खुसी लागिरहेको छ । मलाई दिनुभएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले एकतर्फी रुपमा नियुक्त गरेको छ, वाम गठबन्धन नेतृत्वको सरकार आएपछि हटाउला नी ?
मलाई त्यस्तो लाग्दैन । हटाउला जस्तो लाग्दैन । अहिलेसम्म सबैले माया गर्नु भएको छ । अब पनि सबैले माया गर्नुहुन्छ भन्ने आशामा छु ।Anuradha koirala अनुराधा कोइराला 7

तपाई सिएनएन हिरो समेत भइसक्नु भएको छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा साझा र सम्मानित व्यत्तित्व बनाइसक्नुभएको छ । एउटा पार्टीमा मात्रै लागेर अलि खुम्चीनुभएको जस्तो लाग्दैन ?
म कुनै पार्टीको भन्ने कुरा नै भएन नी । मलाई कांग्रेस नेतृत्वको सरकारले गरेको त भयो । तर म गर्भनर राज्यपाल भएपछि म सबैको हो । म पहिला नै सबैको थिएँ । अहिले पनि सबैको हुँ ।

धेरै विवाद पनि छ, जिम्मेवारी सम्हाल्न सक्नुहोला ?
मलाई दिएको जिम्मेवारी एकदमै आनन्दपूर्वक गर्न सक्छु । म आफ्नो व्यक्तिगत लाभलाई त्यागेर समाजसेवा गरेर बसेकी मान्छे हुँ । सरकारले जिम्मेवारी दिएको हुनाले यसलाई देशले दिएको जिम्मेवारी भनेर ग्रहण गरेकी छु । प्रदेश प्रमुख नियुक्त भएपछि जिम्मेवारी थपिएको महशुस गरेकी छु । देशहितका लागि मैले सकेसम्म योगदान गर्न सक्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७