टेलिकम नेतृत्वको अर्जुनदृष्टि : कम्पनीको विकासका लागि दक्ष जनशक्ति


४ माघ २०७४, बिहीबार
kamini raj bhandari 1

काठमाडौं : गुणस्तरीय सेवासँगै सो सेवा प्रदान गर्न कर्मचारी समेत उत्साहित हुनु पर्दछ भन्ने मान्यता अनुसार नेपाल टेलिकमले कर्मचारीको बृत्ति विकासमा समेत जोड दिएको छ ।kamini raj bhandari 1

टेलिकमको स्वीकृत नयाँ संरचना अनुसार जनशक्ति ब्यवस्थापन र जनशक्ति विकासलाई पहिलो प्राथमिकतामा राखी संरचनाले तोकेको दरबन्दी अनुसार कर्मचारी ब्यवस्थापन गरिएको छ । साथै कर्मचारीलाई कम्पनीको कामप्रति अभिप्रेरित गर्ने कार्यलाई प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले उच्च प्राथमिकतामा राखेको देखिन्छ ।

२०६८ देखि रोकिराखिएको खुल्ला तथा बढुवाका पदपूर्तिसम्बन्धी विज्ञापनका नतिजा सार्वजनिक भइसकेका छन् । पछिल्लो आर्थिक बर्षमा लिइएका परीक्षाका नतिजा प्रकाशोन्मुख तथा आन्तरिक बढुवातर्फका १० र ११ औं तहको नतिजा समेत प्रकाशन भईसकेका छन् ।

टेलिकमले जनशक्ति योजनालाई प्रभावकारी बनाउन अनलाइन विज्ञापन नीति अख्तियार गरेसँगै आन्तरिक मूल्याङ्कनमार्फत गरिने बढुवामा समेत अनलाइन दरखास्त फर्म बुझ्ने प्रक्रिया अगाडि सारिने नीति लिएको छ । जुन प्रक्रिया विश्वासिलो र पारदर्र्शी प्रक्रिया हो ।

प्रबन्ध निर्देशक राजभण्डारीकै सोंचअनुसार कम्पनीमा कार्यरत कर्मचारीको कार्यदक्षता अभिबृद्धि गर्न साथै प्रतिष्पर्धात्मक वातावरणमा कार्य सम्पादनलाई प्रभावकारी बनाउन उत्कृष्ट कर्मचारी हुनुपर्ने भएकाले उत्कृष्ट कर्मचारी मापन प्रक्रिया समेतलाई पारदर्र्शी बनाउन छुट्टै कार्यविधि बनाउने काम भएको छ । यसले गुण र दोषका आधारमा पुरस्कृत र दण्डित हुने पद्धतिको समेत विकास हुने देखिन्छ ।

पुरस्कृत कर्मचारीलाई नगदैबाट समेत सम्मान गरिनुका साथै कम्पनीको उत्पादकत्व बृद्धि गर्ने कर्मचारीको क्षमतामा थप बृद्धि गर्न आवश्यक ठाने विदेशमा समेत तालिमका लागि पठाउने नीतिले कर्मचारीको मनोबल बढ्ने देखिन्छ । जुन नीतिका कारण ‘गरिखाने’ र ‘गफले खाने’ कर्मचारीबीच भिन्नता देखिंदा जागिर खाएको अड्डा आफ्नै हो भन्ने सोंचमा पनि बढावा आउने छ । गफले खाने प्रवृत्ति निरुत्साहित हुनेछ ।

पुरस्कृत कर्मचारीलाई नगदैबाट समेत सम्मान गरिनुका साथै कम्पनीको उत्पादकत्व बृद्धि गर्ने कर्मचारीको क्षमतामा थप बृद्धि गर्न आवश्यक ठाने विदेशमा समेत तालिमका लागि पठाउने नीतिले कर्मचारीको मनोबल बढ्ने देखिन्छ ।

प्रबन्ध निर्देशक राजभण्डारीले नेतृत्व गरेसँगै फोरजी सेवाको अलावा मुलुकका ग्रामीण दूरदराजमा टेलिफोन सेवा विस्तारसँगै टेलिकमको आम्दानीमा बृद्धि र खर्चमा कटौती गरेबाट ‘संस्था कमजोरै भए पनि नेतृत्व असल हुँदा परिवर्तन’ हुने रहेछ भन्ने अनुभूति हुन थालेको छ ।

राष्ट्रिय राजश्वमा ठूलो योगदान पु¥याउँदै आएको टेलिकम जस्तो कम्पनीले आन्तरिक र बाह्य रुपमा पु¥याएको योगदानको कदरस्वरुप राज्य स्वयम्ले पनि पुरस्कृत गर्दा धरासायी बन्दै गएका सरकारी अन्य संस्थानले पनि गति लिने अवसर पाउने देखिन्छ । टेलिकमले पछिल्लो समयमा आफ्ना कर्मचारीको वृत्ति विकासमा दिएको जोडका कारण पनि जनतामा दिने सेवा र सुविधामा बढोत्तरी भएको विश्लेषण गर्ने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७