नर्सहरुको आन्दोलन फिर्ता, माग पूरा गर्ने सहमति


५ माघ २०७४, शुक्रबार
nu

काठमाण्डौं, ५ माघ :  पेसागत सुरक्षाको माग राख्दै नौं दिनदेखि आन्दोलनमा रहेका नर्सहरुको विरोधका सबै कार्यक्रम फिर्ता भएको छ ।
११ बुंदे मागसहित नौ दिनअघिदेखि आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ । बिहान ११ बजेदेखि स्वास्थ्य मन्त्रालयमा करीब आठ घण्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले जानकारी दिएका छन् ।nu

सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । नर्सहरुको ११ बुंदे मागहरुमध्ये पहिलो बुंदामा मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सलाई पुनर्बहाली गर्ने भन्ने थियो । निष्कासित दुई जना नर्सलाई ३ महिनासम्मका लागि पुनर्वहाली गर्ने र उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने सहमति भएको प्रवक्ता गिरीले बताएका छन् । त्यस्तै अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको छ ।

पारिश्रमिक वृद्धिका सम्बन्धमा कार्यदल बनाएर त्यसबाट प्राप्त सिफारिसका आधारमा अघि बढ्ने निर्णय भएको जनाइएको छ । आन्दोलनरत नर्सहरुको माग पूरा गर्न स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा बुधबार वार्ता समिति गठन भएको थियो । समितिका सदस्यमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा थिए । यस्तै नर्सिङ संघबाट उपाध्यक्ष गंगा थापा, महासचिव लक्ष्मी केसीसहितको टोलीले वार्ता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७