लाहुरे ‘जीन’ लाई पन्छाएर नेपालको इतिहास लेखन सम्भव छ ?


६ माघ २०७४, शनिबार
Gurkha
DATE: Sunday 11th October 2004LOCATION:Camp Gallipoli, Tutong, Brunei Garrison, Brunei.UNIT: 2nd Battalion Royal Gurkha Rifles.Event: Exercise Ulu Rajah 2004.Photographer: Corporal Anthony-Louis Belgrave- RLC, British Army Photographer.CAPTION: Exercise Ulu Rajah 2004 is a biennial exercise for the Brunei Garrison to test the procedures and prove the training. The exercise uses troops from the Brunei Garrison Unit and 2nd Battalion Royal Gurkha Rifles.CROWN COPYRIGHT FOR FURTHER INFORMATION CONTACT:Picture Editor HQ Land Command Erskine Barracks Wilton, Wiltshire SP2 0AG Tel No: 01722 433315 Fax No: 01722 433677

सुगौली सन्धिसँगसँगै जो गोरखा भर्ती केन्द्र अस्तित्वमा आएको थियो, आज गोरखा भर्ती केन्द्र स्थापना भएको झन्डै झन्डै दुई सय वर्ष बित्दैछ । दुई सय वर्षको समय छोटो होइन । यस लामो अवधिमा लाहुरे जीवनका अनेक आयामहरू देखिएका छन् । तिनका सुख–दुःखका, आँसु–हाँसो र उकाली–ओरालीका अनेकन मन छुने कथाहरू छन् ।

नेपाली इतिहासमा लाहुरे जीवनका आफ्ना स्पष्ट डोबहरू छन्, तिनका प्रभाव र परिणामहरू छन् । लाहुरे ‘जीन’लाई एकातिर पन्छाएर सुगौली सन्धिपछिको नेपाली इतिहास लेखन सम्भव छैन । लेखिहाले पनि त्यो अधुरो नै रहनेछ । यही यथार्थलाई दृष्टिगत गरेर हुनुपर्छ आज लाहुरे जीवन, इतिहास र त्यसका विविध आयामहरूलाई विभिन्न ढंगले पर्गेल्ने काम हुँदैछ ।

Gurkha

सांस्कृतिक दृष्टिले पनि लाहुरे जीवन महत्वपूर्ण रहेको छ । लाहुरे जीवनको आरम्भसँगै लाहुरे संस्कृतिको पनि विकास हुन थालेको थियो । लाहुरे संस्कृतिले मुलुकको गतिशीलता र अग्रगामीतालाई गम्भीर रूपमा प्रभावित गर्‍यो । नेपालीहरूले बेलायती सेनामा काम गर्न आरम्भ गरेपछि निर्मित यस संस्कृतिका बारेमा अहिलेसम्म कसैले पनि गम्भीरतापूर्वक विश्लेषण गरेको पाइन्न । तर, यथार्थ के हो भने यस घटनापछि नेपाली मनोविज्ञानमा गम्भीर परिवर्तनहरू देखापर्न सुरू गरे ।

सांस्कृतिक रूपमा ती परिवर्तनहरू सकारात्मक होइन नकारात्मक थिए । संस्कृति दृष्टिकोण, मूल्य र विश्वासहरूको परम्परा भएकाले मानवमनोविज्ञानसँग यसको घनिष्ट सम्बन्ध रहन्छ । यस संस्कृतिले पारेका प्रभावहरू समयक्रममा कम भएनन्, अझ बढे । लाहुरे हुने मनोविज्ञान अझ विस्तारित भयो । बेलायती सेनामा काम गर्नेहरूको संख्या समय बित्दै जाँदा त कम गरिँदै गइयो तर लाहुरे हुने संख्या भने अझ बढ्दै गयो । आखिर ती सबै नेपालीहरू लाहुरे नै हुन्, जो विदेशमा काम गर्छन् ।

सांस्कृतिक रूपमा ती परिवर्तनहरू सकारात्मक होइन नकारात्मक थिए । संस्कृति दृष्टिकोण, मूल्य र विश्वासहरूको परम्परा भएकाले मानवमनोविज्ञानसँग यसको घनिष्ट सम्बन्ध रहन्छ । यस संस्कृतिले पारेका प्रभावहरू समयक्रममा कम भएनन्, अझ बढे । लाहुरे हुने मनोविज्ञान अझ विस्तारित भयो ।

सुगौली सन्धिपछि नेपाली संस्कृतिमाथि आरम्भ भएको अतिक्रमणले बेलायती उत्पीडनलाई बैधता प्रदान गर्ने दिशामा महŒवपूर्ण योगदान दिएको पाइन्छ । अभौतिक वा आत्मिक संस्कृतिका सन्दर्भमा गम्भीरतापूर्वक विचार गर्ने हो भने यसले उत्पीडनको वैधानिकीकरण वा त्यसलाई सामान्य र न्यायोचित ठहर्‍याउने दिशामा कसरी काम गर्छ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन । ‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्बसम्मत’ को रूपमा यसले कार्य गर्छ । संस्कृतिको प्रभाव ‘हेजेमोनी’का रूपमा पर्छ र यसले अन्य हतियारले भन्दा विशिष्ट ढंगले कार्य गर्छ । अंग्रेज साम्राज्यले आफूलाई आर्थिक, राजनीतिक एवं सैनिक स्तरमा मात्र विस्तारित गरेको थिएन, सांस्कृतिक स्तरमा पनि विस्तारित गरेको थियो । यसबाट बेलायती साम्राज्यवाद विचारधारात्मक स्तरमा पनि सक्रिय थियो भन्ने देखिन्छ ।

साम्राज्यवादीहरूले सांस्कृतिक रूपमा कसरी कार्य गर्छन् भन्ने विषयमा पूर्व र पश्चिम दुवैतिर गम्भीर विमर्शहरू भएका छन् र तिनले यसको अन्तर्यलाई पनि स्पष्ट गरेका छन् । नेपाली राजनीतिमा ब्रिटिसहरूको प्रभाव र भूमिकाले सांस्कृतिक रूपमा केही प्रवृत्तिहरूलाई जन्म दियो जसलाई पराधीनताको भावना, गुलामीको मानसिकता, हीनताको मनोग्रन्थी र परावलम्बन मनोविज्ञानका रूपमा उल्लेख गर्न सकिन्छ । ब्रिटिसहरूको सांस्कृतिक प्रभावको फलक विस्तृत छ । फलतः यसका प्रभावका फलकहरू पनि विस्तृत छन् तर मूलतः यसका प्रभावका मुख्य अभिलक्षणहरू यिनै हुन् ।

Amar Giri
अमर गिरि, लेखक

गोरखा भर्तीको आरम्भ ब्रिटिस साम्राज्यको रक्षाका निम्ति भएको थियो । यसको तात्कालीन आधार अंग्रेजहरूसँगको युद्धमा नेपालीहरूको पराजय थियो । अमर सिंहले नचाहेरै यसमा सहमति जनाएका थिए । यसरी गोरखा भर्ती पराजयबाट उत्पन्न घाउ थियो, जो अहिलेसम्म पनि निको भएको छैन । पराजयबाट जन्मिएको यस घाउले पराधीनताको मानसिकतालाई जन्म दियो । पराधीनताको मानसिकताले गुलामीलाई जन्म दियो । गुलामी मालिकको सेवा हो, उसप्रतिको आस्था र श्रद्धा हो, उसको सिको, त्यस अनुरूपको आचरण र व्यवहार हो । सुगौली सन्धिपछि अंग्रेजहरूको गुलामी बढ्यो । शासकहरू अंग्रेजहरूप्रति नरम बन्न थाले । जंगबहादुरको उदयपछि नेपाली शासनको केन्द्र पूर्णतः अंग्रेजहरूको ताबेदार बन्यो । राणाप्रशासनको आरम्भभन्दा अघि अंग्रेजहरूप्रति जुन आलोचनात्मक चेत थियो, त्यो राणाशासनको आरम्भ पछि पूर्णतः हरायो । ब्रिटिस भक्तिको शासकीय मनोविज्ञान तलतिर पनि सर्‍यो ।

सामन्तवादी संस्कृति यसका निम्ति अनुकूल थियो । कसैकसैले ‘फिरङ्गी’ भनेर आलोचना गरे पनि यसले धेरै ठूलो अर्थ राख्दैन थियो । बडालाई मान्नुपर्ने सामन्तवादी संस्कृतिले अंग्रेजहरूलाई मान्नुपर्ने सांस्कृतिक आधार प्रदान गर्‍यो । आखिर अंग्रेजहरू संसारका सबैभन्दा ठूलाबडा थिए । तिनलाई नमान्नु अनर्थलाई निम्त्याउनु हुन्थ्यो । सन्धिपछि यस्तो अनर्थ निम्त्याउन कोही तयार थिएन ।

लाहुरे संस्कृति गोरखा भर्ती केन्द्रको स्थापनापछि विकसित संस्कृति थियो । सुगौली सन्धिपछि नेपालमा विकसित हुन आरम्भ गरेको संस्कृतिकै एक अंगका रूपमा यो अगाडि आएको थियो जसका केही भिन्न विशेषताहरू पनि थिए । ब्रिटिस आफ्नो साम्राज्यको सुरक्षा र विस्तारका निम्ति आफूप्रति बफादार वा गुलामीको मनोविज्ञान निर्माण गर्न चाहन्थ्यो । आफ्नो सेनामा भर्ती गरिएका नेपालीहरूमा उसले सैनिक आचारसंहिताका नाममा यसको विकास गर्‍यो । नेपाली मनोविज्ञानले आफूलाई गुलाम र उनीहरूलाई मालिकका रूपमा स्वीकार गर्‍यो । यो भर्ती भएका सैनिकहरूमा ‘यस सर’ को रूपमा मात्र सीमित रहेन । यो परिवारमा सर्‍यो, परिवारबाट समाजमा सर्‍यो । यसले अंग्रेजहरूप्रतिको श्रद्धा र भक्तिलाई जन्म दियो । उनीहरूका अनेक कथाहरू कथिए र सुनाइए ।

लाहुरे संस्कृति गोरखा भर्ती केन्द्रको स्थापनापछि विकसित संस्कृति थियो । सुगौली सन्धिपछि नेपालमा विकसित हुन आरम्भ गरेको संस्कृतिकै एक अंगका रूपमा यो अगाडि आएको थियो जसका केही भिन्न विशेषताहरू पनि थिए । ब्रिटिस आफ्नो साम्राज्यको सुरक्षा र विस्तारका निम्ति आफूप्रति बफादार वा गुलामीको मनोविज्ञान निर्माण गर्न चाहन्थ्यो ।

ब्रिटिसहरू ‘गोरा’ बाट ‘देवता’ भए । यसैले लाहुरे संस्कृति भन्ने बित्तिकै गुलामीको संस्कृतिको तस्बिर अगाडि आउँछ । गोरखा भर्तीले हीनताको मनोविज्ञानलाई पनि बलियो बनायो । आफूलाई सानो वा हीन सम्झनु यसको विशेषता हो । घाम नअस्ताउने ब्रिटिस साम्राज्यको सेनामा बसेर काम गर्न थालेपछि हीन मनोविज्ञानको विकास हुन स्वाभाविक थियो । अंग्रेजहरूले योजनाबद्ध रूपमा यस भावनाको विकासका निम्ति काम गरेका थिए । यस मनोविज्ञानको विकास ब्रिटिस साम्राज्यको समग्र हित र स्वार्थहरूसँग जोडिएको थियो । यसले अंग्रेज विरोधी भावनाको विकासलाई अवरूद्ध गथ्र्याे । हीनताबोधी सांस्कृतिक मूल्यको निर्माण अंग्रेजहरू विरूद्ध उठ्न सक्ने राष्ट्रियचेतनालाई कमजोर बनाउने उपयोगी हतियार थियो । लाहुरेहरूका साथै सबै नेपालीमा यस भावनाको विकासमा अंग्रेजहरूले योजनाबद्ध रूपमा काम गरेका थिए । अंग्रेजहरू शक्तिशाली छन्, यिनीहरू विरूद्ध केही गर्न सकिन्न र यिनीहरूलाई नचिढाएर सम्बन्ध गा“स्दै अघि बढ्नुपर्छ भन्ने मानसिकताको विकास गर्न अंग्रेजहरू सफल भएका थिए ।

परावलम्बन लाहुरे संस्कृतिको अर्काे महŒवपूर्ण पक्ष हो । आफ्नै पसिना र पौरखमा जिउने नेपालीहरूमा लाहुरे हुने कुराले परावलम्बनको भावना विकास गर्न आरम्भ गर्‍यो । लाहुरे हुनु आकर्षक जागिर बन्यो । गाउँघरमा उसको छुट्टै मानमनितो हुन थाल्यो । उसको लवाइखुवाइ, बोलीचाली र व्यवहार सबैका निम्ति अनौठा र अनुकरणीय बन्न थाले । लाहुरे आउँदा गाउँघरका मानिस जुट्न थाले र रमाइलो गर्न सुरू गरियो । लाहुरे हुनु ठूलो कुरा भयो । मानिसका आँखामा लाहुरे बन्ने सपना सलबलाउन थाले । आमाबाबु आफ्नो छोरोलाई लाहुरे भएको देख्न चाहने भए । यसले परमुखापेक्षी संस्कृतिलाई जन्म दियो । आफ्नो ठाउँमा बसेर केही गर्नुभन्दा पराइको जागिर खाएर धन कमाउने भावनाको विकास भयो । राज्यले यसलाई नियन्त्रण गरेन, गर्ने कुरा पनि भएन । राज्य स्वयं परमुखापेक्षी संस्कृतिको बाहक थियो । आज राज्य रेमिट्यान्समा गर्व गर्छ तर जुन दिन यो आउन बन्द हुनेछ त्यसबेला के होला भन्ने कुराको सायद उसलाई हेक्का नै छैन ।

बिस्तारै–बिस्तारै ब्रिटिस सेनामा काम गर्ने सैनिकहरूको परिवार पनि उनीहरूस“ग बस्न थाले । छोराछोरीहरू उतै जन्मन थाले, उनीहरूको पालनपोषण र शिक्षादीक्षा पनि उतैतिर हुन थाल्यो । यसले वर्णशंकर संस्कृति (हाइब्रिड कल्चर) लाई ह्वात्तै बढायो । कतिपय उतैको संस्कृतिमा रमाउने भए । यसको प्रभाव नेपाली समाजमा पनि पर्‍यो । अंग्रेज सैनिकहरूको तुलनामा गोरखा सैनिकहरूले कम तलब र सेवा सुविधा प्राप्त गरे पनि नेपालीमा त्यो धेरै हुन्थ्योे । यसले ब्रिटिस नेपाली लाहुरे र उनीहरूको परिवारमा उपभोक्तावादलाई डरलाग्दो गरी भित्र्यायो । उपभोक्तावादसँगसँगै व्यक्तिवाद पनि आयो । त्यससँगसँगै सुखवाद (हिडोनिज्म) पनि आयो । अनेकन विकृतिहरू पनि आए । ब्रिटिस आर्मीमा काम गर्नेहरूलाई छोरी दिन तछाडमछाड हुन थाल्यो । छोरी दिन पढेलेखेको, नेपालमै जागिर खाने केटो होइन, ब्रिटिस सेनामा काम गर्ने लाहुरे नै सबैभन्दा योग्य मान्न थालियो । यसरी ‘कमाऊ र मस्ती गर’ लाहुरे संस्कृतिको एक अर्काे महŒवपूर्ण पक्ष देखिन्छ । यसैकारण कतिपय परिवारका सन्तानहरूको बिल्लिबाठ भएको पाइन्छ ।

ब्रिटिस नेपाली लाहुरे र उनीहरूको परिवारमा उपभोक्तावादलाई डरलाग्दो गरी भित्र्यायो । उपभोक्तावादसँगसँगै व्यक्तिवाद पनि आयो । त्यससँगसँगै सुखवाद (हिडोनिज्म) पनि आयो । अनेकन विकृतिहरू पनि आए । ब्रिटिस आर्मीमा काम गर्नेहरूलाई छोरी दिन तछाडमछाड हुन थाल्यो । छोरी दिन पढेलेखेको, नेपालमै जागिर खाने केटो होइन, ब्रिटिस सेनामा काम गर्ने लाहुरे नै सबैभन्दा योग्य मान्न थालियो ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)द्वारा प्रस्तावित ‘ब्रिटिस गोरखा एक्स–सर्भिसमेन्स कम्युनिटी’को अवधारणापत्रमा भनिएको छ, ‘गोरखा ब्रिगेडको अपसंस्कार र अपसंस्कृतिमा हुर्केर त्यही संस्कारमा बानी परेका भूपू सैनिकका छोराछोरीहरू पनि कुबाटोतिर लागिरहेको तथ्यप्रति हामी सबै जानकार नै छौ।’ त्यही अवधारणापत्रमा अर्काे ठाउ“मा भनिएको छ, ‘हाम्रो परिवारिक जीवन, हाम्रो समाज र राष्ट्रलाई बर्बाद पारियो, हाम्रा गाउँघरलाई रिŒाो बनाइयो । हाम्रो जातीय संस्कार र संस्कृतिलाई ध्वस्त पारियो । विदेशी भूमिमा जन्मिएर त्यहीँको संस्कारमा हुर्किएका गोरखाका सन्तान दिनदिनै अँध्यारोतर्फ धकेलिए । न त तिनको मौलिक संस्कृति नै बाँच्यो न तिनको थातथलो नै बाँकी रह्यो । ती कलिला युवायुवतीहरूलाई कहिले हङकङको संस्कार, कहिले बु्रनाइ र बेलायतको संस्कारमा घुलमिल हुनुपर्दा तिनीहरू कुसंस्कार र कुसंस्कृतितिर धकेलिएर अहिले दिशाहीन र राष्ट्रविहीन बन्न बाध्य भए ।’ गोरखा सैनिकहरूको यस यथार्थ कथनले सांस्कृतिक पीडाको मार्मिक तस्बिरलाई प्रस्तुत गर्छ ।

ब्रिटिस साम्राज्यको एक प्रमुख अभीष्ट आफू अनुकूल संस्कृतिको निर्माण गर्नु थियो । यो बेलायतसँग मात्र सम्बन्धित थिएन साम्राज्यवादसँग  सम्बन्धित थियो । साम्राज्यवाद आज पनि जीवित छ । फरक यत्ति हो, केन्द्र फेरिएको छ ।

लाहुरे जीवनको आरम्भ भएपछि यसो हुनु अनिवार्य थियो । ब्रिटिस साम्राज्यको एक प्रमुख अभीष्ट आफू अनुकूल संस्कृतिको निर्माण गर्नु थियो । यो बेलायतसँग मात्र सम्बन्धित थिएन साम्राज्यवादसँग  सम्बन्धित थियो । साम्राज्यवाद आज पनि जीवित छ । फरक यत्ति हो, केन्द्र फेरिएको छ । साम्राज्यवाद दीर्घकालीन दृष्टिले आफू अनुकूल संस्कृतिको निर्माण गर्न चाहन्थ्यो । लाहुरे संस्कृति त्यसकै परिणाम थियो । राष्ट्रिय चेतनालाई कमजोर बनाउँदै साम्राज्यवाद एवं उपनिवेशवादलाई सहयोग पुर्‍याउनु यसको अभीष्ट थियो । आज पनि लाहुरे संस्कृति यसका निम्ति अनुकूल रहेको छ । ब्रिटिस सेनाको कुरा मात्र होइन विदेशमा काम गर्ने लाखौँ नेपालीहरूमा आज जुन संस्कृतिको विकास हुँदै गरेको देखिन्छ, यसले पनि लाहुरे संस्कृतिलाई सम्झाउँछ । लाहुरे जन्माउने देशमा नेपाल दरिनु एक दुखद विडम्वना हो ।

भोलि गोरखा भर्ती सकिएला तर यसका सांस्कृतिक प्रभावहरू लामो समयसम्म रहनेछन् । गोरखा भर्ती राष्ट्रिय स्वाभिमानमा आँच थियो, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित गर्ने उपक्रम थियो, यो नेपालको औपनिवेशीकरणको प्रक्रिया थियो । यही कारण नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको आरम्भमै यसको खारेजीको माग गरेको थियो । तर, राज्यले अर्काका निम्ति गरिएको यस अपमानजनक सम्झौतालाई कहिल्यै अन्त्य गर्ने साहस गरेन । अंग्रेजहरू भारत छोडेर जाँदा यसले अर्काे सम्झौतामा ल्याप्चे लगायो । समय स्वयंले आज लाहुरेहरूमा जागृति ल्याएको छ । उनीहरू जागरूक बनेका छन् । उनीहरूले गोरखा भर्तीले बनाएको घाउलाई निको पार्न लामै संघर्ष गर्नुपर्ने छ र यस संघर्षलाई आजको साम्राज्यवाद विरोधी संघर्षका साथसाथै राष्ट्रियता र जनतन्त्रका निम्ति चल्ने आन्दोलनस“ग जोड्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७