स्वास्थ्य सेवा विभागमा डा. तारा पौडेल आएपछि रैथाने डाक्टरहरूको रोइकराई


६ माघ २०७४, शनिबार
tara paudel

काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी क्षेत्रीय अस्पताल पोखराका डा. तारा पौडेललाई दिएको छ । काठमाडौं उपत्यका बाहिर लामो समय काम गरेका डा. पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएपछि उपत्यकामा रजाई गरिरहेका ११ तहका केही डाक्टरहरु रोइकराई गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयको सचिव र महानिर्देशकमा सिनियरलाई नबनाई जुनियरहरूले मौका पाएका अनगिन्ती उदाहरण छन् । तर अहिले पौडेलकै नियुक्तिलाई लिएर बढी होहल्ला मच्चाइएको स्वास्थ्यका अधिकारी बताउँछन् ।tara paudel 1

पुष्पकमल दाहाल सरकारका स्वास्थ्यमन्त्री गगनकुमार थापाले ८ वर्ष वरिष्ठ डा. पुष्पा चौधरीलाई महानिर्देशकबाट हटाएर डा. राजेन्द्र पन्तलाई ल्याएका थिए । ८ वर्ष वरिष्ठ डा. चौधरीलाई महानिर्देशकबाट हटाउँदा चुईक्क नबोल्ने स्वास्थ्य मन्त्रालय र महाशाखामा घुमिरहने केही डाक्टरहरू अहिले सिनियर र जुनियरको कुरा उठाएर डा. पौडेललाई गैरकानुनी रूपमा नियुक्ति गरेको हल्ला गर्न थालेका छन् । डा. तारा पौडेल भन्दा कनिष्ट डा. विकास लामिछानेले समेत बरिष्ठताको कुरा गरिरहेका छन् ।

महानिर्देशक नियुक्त भएका डा. पौडेल लामिछानेभन्दा सिनियर हुन् । विशिष्ट श्रेणीको तालिम समेत लिइसकेका डा. पौडेल भन्दा सिनियर हुन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भीम आचार्य । तर आचार्यको जागिर अवधि अब दुई महिनामात्र बाँकी छ । २०७४ चैतमा उनी अवकाश हुँदै छन् । डा. पौडेल पनि ११ तहका हुन भने पन्त, लामिछाने र आचार्य पनि ११ तहकै हुन् । १२ तहका डाक्टरहरू सुशील प्याकुुरेल र विनोदमान श्रेष्ठले विरोध गरेका छैनन् । तर ११ तहका पन्त, लामिछाने र आचार्यले राजीनामा दिने धम्की समेत दिएर कोलाहल नै मच्चाएका छन् ।

विगतमा डा. पुष्पा चौधरीभन्दा डेढ वर्ष कनिष्ट डा. किरण रेग्मी सचिव बढुवा भइन र १२ औँ तहमा पनि बढुवा भइन । चौधरीभन्दा ८ वर्ष जुनियर पन्त महानिर्देशक हुँदा स्वास्थ्य मन्त्रालयमा कुनै हलचल भएन । तर कनिष्टहरु महानिर्देशक र सचिव बुढुवा हुँदा पनि डा. चौधरीले विरोध गरिनन् । सीमाभित्रै रहिन् । तर अहिले स्वास्थ्य मन्त्रालय र महाशाखामा डुलेर फर्जी बिल भौचर पेस गरी करोडौं भ्रष्टाचार गर्दै आएकाहरु डाक्टरहरू अहिले काठमाडौँ बाहिरबाट डा. तारा पौडेल पहिलो पटक महानिर्देशक भएर आएपछि आफ्नो साम्राज्य गुमेजस्तै सिनियर र जुनियर भन्दै विवाद निम्त्याउन तल्लीन छन् । विशेषगरी कांग्रेस पृष्ठभूमिका डाक्टरहरू यस्तो डंका पिटिरहेका छन् ।

डा. पौडेल र पन्त दुवै ११ तहका हुन् । महानिर्देशक पद १२ औँ तहको दरबन्दी हो । तर १२ औँ तहका चिकित्सकद्वय सुशील प्याकुरेल र विनोदमान श्रेष्ठ चुपचाप छन् । उनीहरूले केही भनेका छैनन् ।

डा. पन्तले प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रभावमा पारी टिक्न खोजेका थिए । तर आरजुको पनि जोर नचलेर सरुवा भएपछि उनी मिडियामा डा. पौडेलको नियुक्ति गैरकानुनी भन्न थालेका छन् । ११ औँ तहकाहरु सिनियर र जुनियरको अलापविलाप गरिरहेका छन् । सरकारले पन्तलाई पनि ११ औँ तहकै भए पनि निमित्त बनाएको थियो भने डा. पौडेललाई पनि निमित्त महानिर्देशक बनाएको हो । स्वास्थ्य मन्त्रालयका अधिकारीको प्रश्न छ–‘पन्तलाई बनाउँदा कसरी कानुनी भयो र पौडेललाई कसरी गैरकानुनी भयो ?’

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने– स्वास्थ्य सेवा विभागको महानिर्देशक कुनै पनि समूहको व्यक्तिलाई सरकारले जिम्मेवारी दिन सक्छ, विशेषज्ञ पद कुनै समूह विशेषको पेवा हुनसक्दैन । जुनसुकै समूहको विशेषज्ञ महानिर्देशक हुनसक्छ । डा. पौडेल विशिष्ट श्रेणीको तालिम लिइसकेका स्वास्थ्यका ११ तहका चिकित्सक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७