पर्यटन बोर्डमा तीन सदस्य नियुक्त


७ माघ २०७४, आईतवार
पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

काठमाडौं: नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीनजना सदस्य नियुक्त भएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दीपक महत, कृष्णबहादुर महरा र अवदेशकुमार दास सदस्यमा नियुक्त भएका हुन् ।पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ । महत पाका पर्यटन व्यवसायी हुन भने महरा डिभोटी होटेल धनगढीका सञ्चालक हुन् ।
स्रोतका अनुसार उनले विगतमा नेपाल पर्वतारोहण संघमा सल्लाहकारका रूपमा काम गरेका थिए । बोर्डमा निजी क्षेत्रबाट ५ जना सदस्य नियुक्त हुने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७