टिभी प्रस्तोता रबि लामिछानेमाथि मोडल सोनिकाको फेसबुक वार !


७ माघ २०७४, आईतवार
vbhjklkjhbgvcdftyuik

काठमाण्डौ, ७ माघ : युवटुबमा छाडा (भल्गर) खालका भिडियो पोष्ट गर्ने र यस्तै ‘भल्गर’ लाग्ने खालका कार्यक्रमहरु सञ्चालन गरेर चर्चामा आएकी मोडेल प्रस्तोता सोनिका रोकाया अहिले टेलिभिजन पत्रकार रवि लामिछानेमाथि फेसबुक वार गरिरहेकी छन् ।vbhjklkjhbgvcdftyuik

उनले विभिन्न माध्यमबाट रबि लामिछानेलाई धम्की दिंदै लामिछानेको काण्डहरु सार्वजनिक गरेर वेइज्जत गरिदिने बताइरहेकी छन् । उनले युट्युवमै भिडियो अपलोड गरेर रबिको धेरै कुरा आफूलाई थाहा भएको दावी गरेकी छन् । अहिले सोनिकाको उक्त भिडियो ‘भाइरल’ भइरहेको छ । सोनिकाले रबिसँगको आफ्नो असमझदारी के हो भन्ने स्पष्ट नखुलाएकी छैनन् । सोनिकाको उक्त भिडियो सार्वजनिक भएपछि उनको आलोचना गर्नेहरु दिनदिनै बढिरहेका छन् ।

यी हुन् सोनिका ?

सोनिका बझाङबाट धनगढी बसाई अहिले काठमाण्डौंमा छिन् । बाल्यकालदेखि ग्लामर क्षेत्रमा रुची भएकी सोनिका अहिले सोही सपना पूरा गर्दैछिन् । बुढानिलण्ठ माध्यमिक शिक्षा हासिल गरेकी सोनिकालाई परिवार भने डाक्टर, इन्जिनियर बनाउन चाहन्थ्यो ।
परिवारको इच्छा विपरीत पत्रकारितामा प्लस टु गरेकी सोनिकाको रहर नेपाली चलचित्रमा नै स्थापित बन्ने छ । उनले तीन वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । उनले आफूलाई बोल्ड अभिनय गर्न रुची भएको बताउँदै आएकी छिन् । sonika

यी हुन्–रवि

रवि लामिछाने नेपाली सञ्चार क्षेत्रमा स्थापित नाम हो । सन् २०१३ को अप्रिलमा नेपालको न्यूज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तरवार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रम चलाउँछन् । केहि समय अमेरिका पलयान भएका रबि अहिले नेपाल फर्किएर सञ्चार कर्ममै छन् । अहिले उनी वीरगञ्जमा नेपाली भूमि मिचिएको कुरा सार्वजनिक भएपछि सोही क्षेत्रमा रिपोर्टिङ्गमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७