श्रीमतीसँग सेक्स गराएर पाहुनाको सत्कार !


७ माघ २०७४, आईतवार
rape 3

बाँच्नु पर्छ हरेक कुरा सुन्न र देख्न पाइन्छ भन्ने उखान कहिलेकाहीं हो जस्तो लाग्छ । संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ, जहाँ आफ्नै श्रीमतीसँग सेक्स गराएर मात्रै पाहुनाको औपचारिक स्वागत सत्कार गर्ने गरिन्छ ।rape 3

यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ । भर्खरै मात्र भारतको रानियाँ गाउँमा स्वागत गर्न श्रीमानले आफ्नी श्रीमतिलाई जबरजस्ती पाहुनालाई सेक्स गर्न लगाएको घटना सार्वजनिक भएको छ ।

रानियाँ गाउँमा यो प्रचलन विस्तारै हराउँदै गए पनि एक महिलामाथि स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट जबरजस्ती बलात्कार गराएको छ । साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए । घरमा निरञ्जनकी श्रीमति खाना पकाउँदै थिइन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतिलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होऊ भनेर निर्देशन दिए । तर उनकी श्रीमतिले यो कुरा मानिनन् ।

नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतिलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार गरे । श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताए अनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् । अरु बेला सासु–ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भए पनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् । श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७